बैतडीमा दुम्सीलाई थापेको पासोमा चितुवा पर्‍यो

फाइल तस्बिर

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा दुम्सीका लागि थापेको पासोमा चितुवा परेको छ । जिल्लाको सिगास गाउँपालिका-९ भौतीका स्थानीय अभिषेक धामीले आलु बारीमा दुम्सीका लागि थापेको पासोमा चितुवा परेको वडाअध्यक्ष कृष्ण सिह धामीले जानकारी दिनुभयो ।

गएराती चितुवा पासोमा परेको बताइएको छ । प्रहरी र डिभिजन बन कार्यालय बैतडीलाई खबर गरीसकेको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालयको टोली पनि घटनास्थलतर्फ गएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्वार टोली आइसकेपछि उद्वार कार्य हुने डिभिजन बन कार्यालय बैतडीका साहयक बन अधिकृत दिलिप यादवले बताउनुभयो । ‘पासोमा परेको चितुवाको उद्वारका लागि निकुञ्जबाट टोली हिडीसकेको छ’ उहाँले भन्नुभयो ‘त्यसपछि मात्रै चितुवा उद्वार हुन्छ ।’

स्थानीयहरुलाई चितुवा फसेको ठाउँ नजिक नजान आग्रह गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समयमा बैतडीमा पासोमा परेर चितुवा मर्ने क्रम बढ्दै गएको छ । अन्य जंगली जनावरका लागि थापेको पासोमा चितुवा पर्ने क्रम बढेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?