काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल वर्षाले अवरुद्ध भएको खेल पुनःसुरु भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेल वर्षाका कारण अवरुद्ध भएको ५० ओभरको खेललाई ४२ ओभरमा घटाएर सुरु गरिएको हो । वर्षाका कारण खेल रोकिएको करिब दुई घण्टा भएपछि ओभर घटाइएको थियो ।
टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले २२ दशमलव तीन ओभरमा तीन विकेट गुमाएर एक सय ४१ रन बनाएपछि पानी परेको थियो । नेपालका लागि कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने अर्का आसिफ शेख ३१ तथा भीम शार्की एक रन बनाएर आउट भए । अहिले कप्तान रोहित पौडेल र सोमपाल कामी नेपालका लागि क्रिजमा छन् । ३८ ओभरको खेल सकिँदा नेपाल ७ विकेट गुमाएर २३८ रनमा खेलिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच