लालबन्दी बजारमा सरसफाई

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

लालबन्दी । सर्लाहीको लालबन्दी बजार आज सफाई गरिएको छ ।

लालबन्दी नगरपालिकाको आयोजना तथा स्थानीय ब्यापारी, संघ संस्था, शिक्षक, विद्यार्थी एवं सचेत नगरवासिको सहभागीतामा लालबन्दी बजारमा सरसफाइ गरिएको हो । उक्त कार्यक्रममा लालबन्दी नगरप्रमुख बासुदेव अधिकारि, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलसहित सबै शाखाका प्रमुख एवं कर्मचारीको सहभागीता रहेको थियो ।

'सफा सहर, स्वच्छ वातावरण, हाम्रो अभियान' भन्ने नाराका साथ आफ्नो नगर आफै सरसफाइ गरि नियमित सरसफाइ गर्ने बानिको विकास गर्न जनचेतना जगाउने र फोहोर व्यवस्थापनको दिर्घकालिन समाधान गर्ने उद्देश्यले लालबन्दी नगरपालिकाको अगुवाइमा सफाइ अभियान सुरु गरिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताउनुभयो ।

उहाँले हप्ताको एक दिन एक घण्टा लालबन्दी नगरपालिकाको विभिन्न स्थानहरुमा सरसफाइ गर्ने, उक्त स्थानका स्थानीय वासी, व्यवसायी र सम्बन्धित सरोकारवालाहरुलाई आफ्नो वरपरको सरसफाइ नियमित रुपमा आफै गरि जथाभावि फालिने फोहोरजन्य वस्तुलाई व्यवस्थित गर्न प्रोत्साहन गरि सफा र शुन्दर नगर तथा स्वच्छ वातावरण निर्माणका निम्ति अग्रसर गराउने उद्देश्यले यो महाअभियान थालनी गरिएको बताउनुभयो ।

कार्यक्रममा लालबन्दी जेसिज, उद्योग वाणिज्य संघ लगायतका पदाधिकारी एवं सदस्यहरुको सहभागीता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?