म्युजिक खबर म्युजिक अवार्डको दशौं संस्करण सम्पन्न

Read Time = 4 mins

काठमाडौं । म्युजिक खबर म्युजिक अवार्डको दशौं संस्करण सम्पन्न भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौंमा एक विशेष समारोहबीच अवार्डको दशौं संस्रकण सम्पन्न भएको हो ।

सामारोहमा गायिका तीर्थकुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरिएकोे थियो । प्रमुख अतिथि मन्त्री श्रेष्ठले उहाँलाई सम्मान गर्नुभएको थियो ।

समारोहमा गायक प्रेमराजा महतलाई डायस्पोरा संगीत सम्मान अर्पण गरिएको थियोे भने गायक भोजराज काफ्ले र निशा देशारलाई दशकको संगीत सम्मान प्रदान गरिएको थियो । यस्तै, गायिका मनिषा पोखरेललाई युवा प्रतिभा सम्मान, बाल गायिका आयुषा गौतमलाई बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिएको थियो ।

यसैगरी वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठलाई १० हजार नगद राशिसहित म्युजिक खबर कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो भने पत्रकार चन्द्रमणि गौतमलाई रेडियोकर्मी सम्मान, गीतकार राम अबिरल र गीतकार रामचन्द्र ढकाललाई म्युजिक खबर स्रष्टा सम्मान प्रदान गरिएको थियो ।

अवार्डमा गायिका रीता केसी र गायक प्रकाश तिमिल्सिना उत्कृष्ट गायक गायिका छनौट हुनुभयो । गायिका रीता केसीले ‘मान्छेहरूले नि’ गीतबाट अवार्ड चुम्नुभएको थियो भने गायक तिमिल्सिनाले ‘साँचो माया’बाट अवार्ड प्राप्त गर्नुभएको थियो ।

जिएनएन एचडीले प्रत्यक्ष प्रसारण गरेको समारोहमा गायक तथा संगीतकार अशोक राईको संयोजनमा पूर्वमेचीदेखि महाकालीसम्मका मौलिक धूनहरू प्रस्तुत भएका थिए । जसमा बाँसुरीमा धनबहादुर गुरुङ, तबलामा भरत बुढाथोकी, मादलमा षोषण घर्ती, अनिल थापा, सारंगीमा सूर्य पूर्वछाने मगर, बाँसुरी गोपाल देव, ट्ंगनामा छेवाङ तेञ्जिङ लामा र प्रभात लामाले वाद्यवादनमा साथ दिनुभएको थियो ।

गायक रामकृष्ण ढकालको गायन प्रस्तुति रहेको कार्यक्रममा शंकर बिसी, लोसिना लामिछाने, रुविना बसेल, आयुषा गौतमले नृत्य प्रस्तुत गर्नुभएको थियो । त्यस्तै गायक राजु गुरुङ, गायिका देवी घर्ती, सरोज लामिछाने, टंक तिमिल्सिनाले मौलिक गायन प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा सहकार्य गर्ने आयोजक कमिटी, सल्लाहकार, प्रायोजकलगायतलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?