‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान’

Read Time = 2 mins

काठमाडौं । नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको शुभ अवसरमा आयोजित ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’ सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा शुक्रबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा कला क्षेत्रमा लामो समयदेखि संलग्न रहनुभएका विशिष्ठ कलाकर्मीलाई ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’बाट विभूषित गरिएको थियो ।

सम्मानित हुनुहुने व्यक्तित्वहरूमा डा.भोला रिजाल, बसुन्धरा भुसाल, दयाराम दाहाल, राजकुमा राई, धीरज राई, कृष्ण कँडेल, ज्याक श्रेष्ठ, सुमिना श्रेष्ठ, विकाश चौधरी, अमृत भारती, अमर ओली, दिनेश केसी, गोपालकाजी कायस्थ, रोहित रुम्बा, ओम सुनार, अच्युत बजगाईं, शान्तीप्रिय, गीता अधिकारी, तारादेवी लिम्बू, गणेश सुवेदी, नवराज श्रेष्ठ, कुमार मोक्तान, रमेश कोइराला, दीपेन्द्र खड्का, सुनिता भट्टराईलगायतले रहनुभएको संघका सचिव लिलाधर भट्टराईले जानकारी गराउनुभएको छ । समारोह नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनकबहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?