राष्ट्र बैंकद्वारा प्रभातफेरी

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार काठमाडौंमा ‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी २०८०’ आयोजना गरेको छ । विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबार प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले प्रभातफेरी आयोजना गरेको हो । गभर्नर महाप्रसाद अधिकारीले प्रभातफेरीको शुभारम्भ गर्दै विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन र प्रोत्साहनका लागि सरोकारवाला सबै पक्षलाई आहृवान गर्नुभयो ।

दरबारमार्गबाट सुरु भएको प्रभातफेरी भद्रकाली, शहीदगेट, जमलबाट पुनः दरबारमार्ग हुँदै नारायणहिटी संग्रहालय, नारायणचौर, प्रहरी नक्साल, भाटभटेनी हुँदै बालुवाटारस्थित बैंक परिसरमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, विप्रेषण कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाका प्रतिनिधिसँगै राष्ट्र बैंकका उच्च अधिकारी र कर्मचारी गरी छ सयभन्दा बढीको सहभागिता थियो । आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा यस वर्षलाई ‘विद्युतीय भुक्तानी प्रवद्र्धन वर्ष’ का रूपमा मनाउने घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?