मुक्तिनाथको घरदैलो अभियान

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०७९/०८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धनका रूपमा मनाउने अभियानसँगै मुक्तिनाथ विकास बैंकले सबै शाखा र केन्द्रीय कार्यालयका कर्मचारीका साथमा शुक्रबार र शनिबार देशभर बृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घरदैलो कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम देशभरका विभिन्न विद्यालय/कलेज, समुदाय केन्द्र तथा अन्य सार्वजनिकस्थलमा गरिएको थियो ।

जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ भन्ने मूल नारा मनन गर्दै यस्तो कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनसहित कर्मचारीहरू र संस्थापक सेयरधनीको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?