काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटघाट गर्नुभएकाे छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट गर्नुभएकाे हाे । सो क्रममा चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिनुभएकाे छ ।
यसअघि निर्वाचित भएपछि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राखिराख्नु पर्ने भन्ने नरहेको दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले चासो राख्नुभएकाे थियाे । आइतबारको भेटमा पनि सरकारलाई दिएको समर्थन र सहभागी हुने नहुने विषयमा पनि लामिछानेसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्नुभएकाे छ ।
पार्टीको केन्द्रीय समितिको बैठक बस्नुअघि सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएकाे हाे ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका