धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी रहेको छ ।

कांग्रेसबाट मन्त्रिपरिषद्मा पठाउने थप नामको टुंगो लगाउने बैठक बसिरहेको हो । उपनिर्वाचन पछि थप मन्त्रीको सपथ गराउने गरी मन्त्रिपरिषद विस्तार रोकिएको थियो।

कांग्रेसले ९ मन्त्री र एक राज्य मन्त्रीको दाबी गरेको छ । त्यसमध्ये ६ जना संस्थापन पक्षबाट हुने भएका छन् ।

पदाधिकारी बैठकमा नीति अधिवेशनको मिति, भ्रातृ संस्थाको कार्यसमितिको पूर्णता, विभाग गठन लगायतमा पनि छलफल हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?