कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो दिनुभएन : मन्त्री भुसाल

'कृषि मन्त्रालयको बजेट पनि कटौति गरियो'

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुषालले कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट पनि कटौति गरेको भन्दै असन्तुष्टि जनाउनु भयो ।

उहाँले कृषि मन्त्रालयको बजेट कटौति नगर्न अर्थमन्त्री डा.प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेपनि अर्थतन्त्र संकटमा रहेको भन्दै आवश्यक चासो नदिएको आरोप लगाउनु भयो । उहाँले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएपनि कृषि क्षेत्रमा लगानी गर्न सरकार कन्जुस बनेको बताउनु भयो । उहाँले कृषि क्षेत्रको विकासका लागि सिंचाईको व्यवस्था र बाँझो जमिनको उपयोगलाई बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, हामी सबैलाई थाहा छ । कृषि क्षेत्र सबैतिर जोडिएको छ, सबैले भनिरहेका छौँ । तर त्यसमा लगानी गर्ने कुरामा सरकार कन्जुस छ । बजेट कृषिको पनि काटेको छ । कृषिको त नकाटम न भनेको के गर्नु खोई, यस्तै हो भन्नुभयो, अर्थमन्त्रीसँग कुरा गर्दा पनि त्यस्तै, प्रानमन्त्रीसँग कुरा गर्दा पनि खासै चासो दिनुभएन । कृषि क्षेत्रलाई कसरी अघि बढाउने भन्नेमा कसैको पनि त्यत्ति धेरै चासो देखिँदैन । पहिलो कुरा सिंचाईको व्यवस्था गर्नुपर्नेछ, दोस्रो बाँझो जमिनको उपयोग गर्नुपर्नेछ । १० लाख ३० हजार हेक्क्टर जमिन बाँझो छ । त्यसलाई कसरी उपयोग गर्ने भन्ने सोच्न जरुरी छ । सरकार कुनै न कुनै हिसावले यो जमिन प्रयोृग गर्नुपर्ने भन्नेमा जान खोजिरहेको छ ।’

कृषिमन्त्री भुसालले बाँझो जमिनको प्रयोग गर्नसके उत्पादन बढाउन सकिने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?