नेपाल बैदेशिक रोजगार व्यवसायी संघको अन्तरक्रिया कार्यक्रम

Read Time = 9 mins

काठमाडौँ । तत्कालीन तिव्वती राजाको आग्रहमा अरनिको तिव्वतमा गुम्वा,चैत्य, मठ मन्दिर वनाएर सुरु भएको वैदेशिक रोजगार सुरु भएको र ईष्ट ईण्डिया कम्पनीमा काम गर्न लाहुर जान सुरु गरे पछि व्यवस्थित रुपमा नेपाली वैदेशिक रोजगारीमा जान थालेका हुन् ।

यसरी सुरु भएको वैदेशिक रोजगारी विश्व युद्ध लडन विदेश गएका नेपाली स्थायी रुपमा विदेश वस्न थालेका र विदेश जानेले कमाएको धन, उनीहरुले सिकेका सीप, संस्कार र सभ्यतावाट प्रभावित भई नेपालीहरु व्यक्तिगत प्रयास र सम्पर्कवाट विदेश गई रहेकामा सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न पर्ने आवश्यकता महसुस गरि २०४२ सालमा यस सम्वन्धि ऐन ल्याए पछी कामदार विदेश पठाउने कम्पनी खोली संस्थागत रुपमा इजाजतपत्रवाल कम्पनीहरुले मानिसहरुलाई वैदेशिक रोजगारीमा पठाउन थालेका हुन् ।

यसरी सुरु भएको वैदेशिक रोजगार व्यवसाय अहिले यस्तो अवस्थामा रहेको छ । अहिलेसम्म १६०० वटा कम्पनीलाई वैदेशिक रोजगार व्यवसाय गर्ने ईजाजत दिईएको छ । यस मध्ये केहि एक अर्कामा मर्ज भएका,केहि कम्पनी कारवाहीमा परि खारेज भएको, केहि कम्पनीले ईजाजत नविकरण नगराएको कारण ईजाजत खारेज भएको र केहि व्यवसायीले स्वेच्छाले कम्पनी वन्द गरेको कारण अहिले करिब ९०० वटा कम्पनीले वैदेशिक रोजगार व्यवसाय सञ्चालनमा रहेका छन् ।

अहिलेसम्म १६०० वटा कम्पनीलाई वैदेशिक रोजगार व्यवसाय गर्ने ईजाजत दिईएको छ । यस मध्ये केहि एक अर्कामा मर्ज भएका, केहि कम्पनी कारवाहीमा परि खारेज भएको, केहि कम्पनीले ईजाजत नविकरण नगराएको कारण ईजाजत खारेज भएको र केहि व्यवसायीले स्वेच्छाले कम्पनी वन्द गरेको कारण अहिले करिब ९०० वटा कम्पनीले वैदेशिक रोजगार व्यवसाय सञ्चालनमा रहेका छन् ।

देशको करिव ५७ प्रतिशत घर धुरीले वैदेशिक रोजगारीवाट लाभ लिएका छन् । देशको जनसंख्याको ५७ प्रतिशत जनसंख्या वैदेशिक रोजगारसंग जोडिएको छ । देशको कुल ग्राहस्थ उत्पादनमा वैदेशिक रोजगारको योगदान ३३ प्रतिशत सम्म पुगेको छ ।

वैदेशिक रोजगारीमा जानेले पठाएको परिवत्र्य विदेशी मुद्राले देशको अर्थतन्त्र श्रीलंका जस्तो हुनबाट वचेको छ भने शोधनान्तर घाटा कम गर्न वैदेशिक रोजगारले खेलेको भूमिका अतुलनिय छ ।देशमा वर्षेनी करिव ५ लाख जनशक्ति कामको खोजीमा (रोजागारीका लागि) श्रम वजारमा प्रवेश गर्छन् यस मध्ये करिव ५० हजारलाई मात्र देशका उद्योग कल कारखाना व्यापारिक प्रतिष्ठानले रोजगारी दिन्छन् भने बाँकि ४ लाख ५० हजार युवालाई वैदेशिक रोजगार व्यवसाय गर्ने कम्पनीहरुले वैदेशिक रोजगारीमा पठाई वेरोजगारी समस्या समाधान गरेका छन् ।

यस व्यवसायको कारणले देशमा समेत रोजगार सिर्जना हुने, व्यवसायीले कर राजश्व, घर भाडा तिर्ने, फर्निचर लगायतका कार्यालयका समान खरिद गर्ने,कार जिप मोटसाईकल लगायतका सवारी साधान किन्ने चलाउने, ईमेल ईन्टरनेट चलाउने लगायतका गतिविधी संचालन गरेको कारण देशको अर्थतन्त्र चलायमान वनाई आर्थिक अवस्थामा ठूलो र सकारात्मक परिणाम ल्याएको छ ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिले तिन महिना (१०० दिन)मा गरेका कार्य प्रगति प्रतिबेदन र भावी कार्य योजना कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

जस अनुसार वार्षिक १०० जना कामदार नपठाए ईजाजत नविकरण नहुने व्यवस्था अन्त्य गर्न वर्तमान कार्यसमितिले निरन्तर पहल गरि रहेको उल्लेख गरेको छ ।

साथै बैदेशिक रोजगारमा कामदार पठाउने भारत, वांगलादेश, श्रीलंका, पाकिस्तान लगायत आशियाना देशको अभ्यासलाई मध्यनजर गरि बैदेशिक रोजगार व्यवसायीले बैदेशिक रोजगारमा कामदार पठाए वापत लिन पाउने हालको सेवा शुल्क परिमार्जन गरि कामदारले पाउने एक महिनाको तलब बराबरको रकम सेवा शुल्कको रुपमा लिन पाउने व्यवस्था गरि दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मागपत्र पेश गरिएको प्रतिवेदनमा उल्लेख छ ।

व्यवसायीका समस्या समाधान गर्न समिति गठन गरिएको छ । कार्य समितिको बैठकले समस्या समाधान गर्न समिति गठन गरेको हो ।

अन्तराष्ट्रिय समन्वय समिति

संयोजक श्री डिक बहादुर खत्री ........प्रथम उपाध्यक्ष
सदस्य श्री बैकुण्ठ प्रसाद पौडेल......... साउदी अरब
सदस्य श्री तोरक कुमार कार्की ........ कतार
सदस्य श्री अनिलकुमार राई ............ मलेसिया
सदस्य श्री चन्द्र बहादुर लिम्बु........... कुवेत
सदस्य श्री सोम बहादुर लामा............यूरोप
सदस्य श्री नारायण प्रसाद भुसाल........युएई
सदस्य श्री देबेन्द्र नारायण श्रेष्ठ..........जापान
सदस्य श्री देउमान नेम्वाङ्‍‍‍‍‍‍‍‍ ........ जोर्डन

बैदेशिक रोजगार बिभाग, अपराध अनुसन्धान महाशाखा, अध्यागमन बिभाग, काठमाडौ कार्यालय ताहाचल समस्या समाधान समिति
संयोजक श्री सन्जु गुरुङ....द्धितिय उपाध्यक्ष
सदस्य श्री बैकुण्ठ प्रसाद पौडेल
सदस्य श्री चन्द्र बहादुर लिम्बु
सदस्य श्री कैलाश पाठक
सदस्य श्री राजेन्द्र बस्नेत
सदस्य श्री आनन्द कोइराला
सदस्य श्री सुर्य कुमार श्रेष्ठ

बैदेशिक रोजगार बिभाग समन्वय समति
संयोजक श्री कर्णराज कटुवाल ..... सचिब
सदस्य श्री राजेन्द्र बस्नेत
सदस्य श्री सोम तामाङ
सदस्य श्री देउमान नेम्वाङ
सदस्य श्री कैलाश पाठक
सदस्य श्री विक्रम श्रेष्ठ
सदस्य श्री सुर्य कुमार श्रेष्ठ
सदस्य श्री देबेन्द्र नारायण श्रेष्ठ
सदस्य श्री चन्द्र बहादुर लिम्बु
सदस्य श्री आनन्द कोइराला
सदस्य श्री नारायण भुषाल
सदस्य श्री देवी माया थापा
सदस्य श्री कृष्ण कुमार जैसी
सदस्य श्री अख्तर हुसैन
सदस्य श्री अनिल बोगटी
सदस्य श्रीे खेम नाथ गौतम
सदस्य श्री नरेश पुन
सदस्य श्री श्यामचन्द्र खतिवडा
सदस्य श्री तुलसी पुरी
सदस्य श्री राज लामा (राज काजी भोलन)

अतिरिक्त क्रियाकलाप समिति
संयोजक श्री रोशन कटुवाल .....तृतिय उपाध्यक्ष
सदस्य श्री तोरण कार्की
सदस्य श्री देवेन्द्र नारायण श्रेष्ठ
सदस्य श्री देवी माया थापा
सदस्य श्री विक्रम श्रेष्ठ

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?