राउटे जाती व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । आफूलाई जंगलको राजा ठान्ने, जंगलमै बस्ने, जंगलमै रमाउने डडेल्धुराका राउटे जाति बिस्तारै समाजमा घुलमिल हुन थालेका छन् ।
डडेल्धुराको पर्शुराम नगरपालिका वडा नं. ४ को रज्यौडा र १२ को जोगबुढा, आमपानीमा दशकौं देखि बस्दै आएका लोपोन्मुख जाती राउटे व्यावसायिक रूपमा तरकारीको खेती गर्दै आएपछि पारिवारिक जीवनशैलीमा पनि सुधार हुनुका साथै मनग्गे आम्दानी गर्न पनि सफल भएका छन् ।

जंगल छोडेर गाउँमा बसोबास गर्न थालेपछि सिमान्तकृत समुदायमा परिभाषित राउटेहरू व्यवसायिक खेतीतर्फ उन्मुख हुनुका साथै जंगलमै बसेर गिठ्ठा, भ्याकुर खाएर जीवन धान्दै आएका राउटे जातिहरू व्यवसायिक तरकारी खेतीतर्फ उन्मुख भए पछि बसोबास गर्दै आएको ठाउँ परिबर्तन हुँदै आएको छ ।

साम्प्रदायिक समाजबाट मिश्रित समाजसँग अभ्यस्त हुन थालेसँगै पहिले पहिले बोल्नै डराउने राउटे महिला तथा पुरुषहरुसमाजको सिको गर्दै अहिले आलु, भन्टा, टमाटर, सिमला, काँक्रा मुला लगायतका तरकारी बाली लगाएर वार्षिक लाखौ आम्दानी गरिरहेको छन् ।
भारतका बिभिन्न ठाउँमा रोजगारका लागि धाउने यो समुदायका युवाहरु बिदेशिनबाट रोकिएका छन् भने उत्पादन गरेको तरकारी बजारमा बिक्रि गरि सोचे जतिको आम्दानी पाउँदा उत्साहित भएको अगुवा कृषक गगन राउटेको भनाइ छ ।

परम्परागत जीवनपद्धती अनुसार जंगलमा छँदा गिठ्ठा, भ्याकुर र जंगली जनावरको खोजीमै दिन बिताउने राउटे परिवारका युवाहरुलाई कृषि ज्ञान केन्द्र डडेल्धुरा मार्फत चार लाख अनुदान पाएपछि उनीहरु प्रबिधियुक्त कृषक मात्र भएका छैनन मनग्गे आम्दानीबाट हर्षित पनि भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?