✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ वैशाख १८ गते सोमबार, ई.सं. १ मे, २०२३ । तिथि- वैशाख शुक्लपक्ष एकादशी, नक्षत्र- पूर्वफाल्गुनी, योग- ध्रुव, करण- वणिव, चन्द्रराशि- सिंह, सूर्योदयः ५ः२७, सूर्यास्तः १८ः३७ ।
मेष : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।
वृष : मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।
मिथुन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
कर्कट : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।
सिंह : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।
कन्या : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।
तुला : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।
वृश्चिक : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।
धनु : पद तथा जिम्मेवारी प्राप्त हुने बलियो सम्भावना छ ।
मकर : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।
कुम्भ : मन आनन्द प्राप्तिका लागि आकर्षित बन्नेछ ।
मीन : स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा हुने समय छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका