युट्युबमा ‘सकम्बरी’लाई दर्शकको लोभलाग्दो साथ

Read Time = 3 mins

काठमाडौं । प्रकाश सपुतको पछिल्लो गीत ‘सकम्बरी’ले युट्युबमा निकै लोभलाग्दो ‘भ्युज’ पाइरहेको छ । ‘सकम्बरी’ले दुई सातामै युट्युबमा दुई करोड ‘भ्यूज’ पाएको छ । सपुतको आफ्नै युट्युब च्यानलमार्फत आएको यो गीत पहिलो दिने देखिनै युट्युवको ट्रेन्डिङको पहिलो स्थानमा छ । गीतले पाँच लाखबढी लाइक पाएको छ ।

एक सातामै एक करोड भ्युज पाएर छोटो समयमा करोड क्लबमा पुग्ने गीतको कीर्तिमान कायम गरेको ‘सकम्बरी’ले दुई सातामा दुई करोड भ्युज पाएको हो । चर्चा र विवादकाबीच गीतले आइतबारमात्रै युट्युबमा दुई करोड भ्युज पार गरेको हो । गीतको सिर्जना र कला पक्षमाथि तर्क÷प्रतितर्क भइरहेको छ । गीतको बचाउ र विरोध पनि जारी छ ।

कलाकार बन्ने सपना बोकेर शहर छिरेकी ग्रामीण युवतीको कथा गीतमा छ । गीतको म्युजिक भिडियोमा महिला पात्रको चरित्रलाई लिएर गरिएको प्रस्तुतिलाई कतिपयले आलोचना गरेका छन् । गीतको सिर्जना र कला पक्षमाथि तर्क-प्रतितर्क भइरहेको छ । गीतको बचाउ र विरोध जारी छ । विवाद र चर्चाबीच युट्युबमा भने गीतले आक्रामक भ्युज बटुलिरहेको छ ।

यो गीतमा प्रकाश सपुतको शब्द, संगीत र स्वर छ । प्रकाशसँगै बर्ता गन्धर्वको पनि स्वर यस गीतमा छ । सुदीप सागरले गीतको संगीत संयोजन गर्नुभएको हो ।

प्रकाशकै कथा एवं निर्देशनमा तयार भिडियोमा कुशुम शर्मा प्रस्तुत हुनुहुन्छ । उहाँले आफ्नो डेब्यु म्युजिक भिडियोबाटै निकै लोभलाग्दो चर्चा र प्रशंसा पाउनुभएको छ । भिडियोमा कुशुमका साथमा प्रकाश स्वयंसँगै सुनिल थापालगायतको अभिनय छ ।

गायक तथा सर्जक सपुतका यसअघि सार्वजनिक ‘पिर’, ‘गलबन्दी’, ‘बोलमाया’लगायत गीत सर्वाधिक चर्चित छन् । सपुत चलचित्र ‘परदेशी–२’मा नायकका रूपमा समेत देखापर्दै हुनुहुन्छ । योे चलचित्र आगामी बडादशैँमा प्रदर्शनमा आउँदैछ । सिर्जनामा सामाजिक विषयवस्तुको उठान गर्ने सपुतले वर्ष-२०८० लाई ‘जातीय विभेदविरुद्धको वर्ष’ बनाउने घोषणा यसअघि नै गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?