एसीसी प्रिमियम कपः सन्दीप लामिछाने उत्कृष्ट खेलाडी घोषित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

आज सम्पन्न प्रतियोगितामा लामिछाने सर्वाधिक विकेट लिनेमा उनी दोस्रो खेलाडी हुन  । उनले ५ खेलमा १३ विकेट लिन सफल भएका हुन ।

सर्वोत्कृष्ट बलरको उपाधि भने ओमानका बिलाल खानले पाएका छन् । खानले सर्वाधिक १७ विकेट लिन सफल भएका थिए ।

यसैगरी, सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ ।  प्रतियोगितामा दुईवटा १ सय ५० माथिको स्कोरसहित सर्वाधिक रन बनाएर रेकर्ड कायम गरेका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?