विराटनगरमा अन्तर्राष्ट्रिय कराँते हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विराटनगरमा अन्तर्राष्ट्रिय खुला कराँते च्याम्पियनसिप-२०८० आयोजना हुने भएको छ । विराट कराँते क्लबको आयोजनामा वैशाख २२ र २३ गते प्रतियोगिता विराटनगरको शहीद रंगशालामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा छिमेकी मुलुक भारतका साथै मधेश तथा कोशी प्रदेश, मोरङ, सुनसरी झापा, तेह्रथुमका गरी दुई सय खेलाडी सहभागी हुने क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रका लागि खेलकुद, राष्ट्रिय एकता, नैतिकता कायम राख्न एवं खेलकुदको माध्यमबाट भाइचारा सम्बन्ध स्थापित गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ कांस्य गरी १९ तौल समूहमा प्रतिस्पर्धा हुने पूर्वाञ्चल क्षेत्रीय खेलुकद विकास समितिका प्रमुख सोभित प्रसाईँले बताउनुभयो ।

प्रतियोगितामा पाँच लाख ४५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसमेत व्यवस्था रहेको कराँते महासंघ मोरङका अध्यक्ष रूपेश बरालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?