पोखरामा मुआथाई मार्सल आर्टको क्याम्प

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । पोखरामा मुआथाई मार्सल आर्टको समर क्याम्प सुरु भएको छ । पाँच हप्ते लामो क्याम्पमा विभिन्न विद्यालयका एक सय १८ विद्यार्थी सहभागी छन् । तीमध्ये ५२ जना अन्य मार्सल आर्ट खेलसँग सम्बद्ध रहेको मुआथाईका अन्तर्राष्ट्रिय प्रशिक्षक एवं कार्यक्रम संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँसहित ज्ञानेन्द्र सिंह, अनिश बुढामगर, सुष्मा चौधरी, अर्मान गुरुङ र आयुष गुरुङले निःशुल्करूपमा सहभागीहरूलाई प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षक क्षेत्रीले निःशुल्क टिसर्ट, पानीको बोतल, झोला र किट्स सहभागीलाई प्रदान गर्नुभएको छ ।

क्याम्पलाई नेपाल मुआथाई संघ गण्डकी प्रदेश र नेपाल राष्ट्रिय मुआथाई संघको सहयोग एवं समन्वय रहेको छ । थाइल्याण्डबाट सुरु भएको यो खेल हाल विश्वभर फैलिएको छ । तेह्रौैँ शताब्दीमा युद्धकला सिक्न सुरु भएको मुआथाईलाई १८औँ शताब्दीमा तत्कालीन राजाहरूले खेलका रूपमा विकास गरेका थिए । विश्वकै पहिलो प्राथमिकताको मार्सल आर्ट खेलका रूपमा विकास भएको र यसबाट थाइल्याण्डको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको बताइन्छ । विश्वका सयौंँ मार्सल आर्ट खेलाडी यो खेल सिक्न थाइल्याण्ड पुग्ने गरेका छन् ।

नेपालमा पछिल्लो समयमा विस्तारै यो खेलको विकास हुँदै आएको छ । उक्त क्याम्प शुभारम्भ गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले यसबाट विद्यार्थीभित्रको अन्तरनिहित खेल क्षमता उजागर गर्न सहयोग पुग्ने बताउनुभयो । आत्मरक्षा र खेल विकासका लागि समेत क्याम्प उत्तिकै महत्वपूर्ण रहने बताउँदै उहाँले निःशुल्करूपमा आयोजित यस प्रशिक्षणलाई अन्य खेलकुद सम्बद्ध संस्थाले समेत आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।

खेलकुदका प्रदेश निर्देशक कृष्ण तिमिल्सिना, सिनियर मार्सल आर्ट प्रशिक्षक शिव गुरुङलगायतले खेलको महŒवबारे चर्चा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?