‘बिडी त्यागी स्मृति सम्मान’ लेकालीलाई

Read Time = 2 mins

काठमाडौं । बिडी त्यागी स्मृति केन्द्रले ‘बिडी त्यागी स्मृति सम्मान २०८०’ साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गरिएको छ । एक कार्यक्रमबीच लेकालीलाई यो सम्मान अर्पण गरिएको हो । यस्तै, ‘बिडी त्यागी स्मृति पुरस्कार’ साहित्यकार रामचन्द्र दाहाललाई, ‘बिडी त्यागी योगदान सम्मान’ प्रकाशक तथा साहित्यकार रामदेव पाण्डेलाई, ‘बिडी त्यागी प्रतिभा सम्मान’ साहित्यकार सरु पोखरेललाई र गैरसाहित्यिक व्यक्तित्वलाई दिइने नेपथ्य सम्मान बूढानीलकण्ठ नगरपालिका १२ वडाका वडा अध्यक्ष शम्भु भट्टराईलाई प्रदान गरिएको छ ।

सो सम्मान र पुरस्कारहरू कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रामप्रसाद ज्ञवालीले प्रदान गर्नुभएको थियो । ‘प्रतिभा चयन समिति’का संयोजक तथा उपन्यास समाज नेपालका अध्यक्ष वरिष्ठ आख्यानकार शंकर भारतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार लेकाली, प्रकाशक तथा साहित्यकार पाण्डे, साहित्यकार सरु पोखरेल र वडा अध्यक्ष शम्भु भट्टराईले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

कलाकार सृष्टि आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा सभापति भारती, प्रमुख अतिथि डा.ज्ञवाली, केन्द्रका अध्यक्ष कृष्ण आचार्य, त्रिलोचन आचार्य, दुर्गा अधिकारी भँवरकोटे लगायतले पनि आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?