स्याङ्जा । आँधीखोला गाउँपालिकाद्वारा आयोजित चौथो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता-२०८० सम्पन्न भएको छ । वैशाख १७ गतेबाट सञ्चालित पालिका स्तरीय अन्तर क्लब भलिबल प्रतियोगिता मङ्गलबार एक कार्यक्रमका बिचमा सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा मडुवा युवा क्लबले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै एकता युवा क्लब द्वितीय स्थानमा र माझकटेरी युवा क्लब ए तृतीय स्थानमा विजयी भएका छन् । सान्त्वना स्थान भने विचारी चौतारा युवा क्लबले प्राप्त गरेको छ ।
वैशाख १७ गते उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य सुधीरकुमार पौडेलले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पौडेलले खेलकूदका माध्यमबाट युवाहरुमा अनुशासन र नैतिकता सिकाउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
वैशाख १७ देखि १९ गतेसम्म सञ्चालित उक्त अन्तर क्लब भलिबल प्रतियोगिताको समापन समारोहमा आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले प्रतियोगितामा भाग लिने खेलाडी र विजेता खेलाडीलाई बधाइ दिँदै गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
समापान कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सीता थापा, प्रशासकीय अधिकृत युवराज अधिकारीलगायतले विजेता खेलाडीहरुलाई बधाइ दिनुभएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोसन लामिछानेले बताउनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच