डिम्पलका लागि राज कपुरसँग राजेशको दुश्मनी

Read Time = 2 mins

मुम्बई । बलिउड अभिनेत्री डिम्पल कपाडिया आफ्नो समयको सुन्दर अभिनेत्रीमा पर्छिन् । उनको अभिनय कलालाई दर्शकले अहिले पनि मनपराउँछन् । आफ्नो समयमा डिम्पललाई मनपराउने अभिनेताको सूची लामै थियो । तर उनले आफ्नो मन भने सुपरस्टार राजेश खन्नालाई दिइन् ।

दुवैबीच उमेरको ठूलो अन्तर भए पनि अन्ततः उनीहरुले जोडी बाँधे । राजेशले डिम्पलकै लागि निर्माता निर्देशक राज कपुरसँग दुश्मनी साँधेका थिए । डिम्पलले फिल्म ‘बोबी’बाट बलिउडमा पाइला चालेकी थिइन् । यो फिल्मको निर्देशन राज कपुरले नै गरेका थिए । डिम्पलका पिता चुन्नी भाई कपाडियाले छोरीलाई बलिउडमा सार्वजनिक गर्नकै लागि एक पार्टीको आयोजना गरेका थिए । यो पार्टीमा राजेश खन्नासहित ठूला स्टार उपस्थित थिए ।

जब राजेशले डिम्पललाई पहिलोपटक देखे, त्यही समयदेखि उनले डिम्पललाई मनपराउन थाले । राजेश डिम्पललाई आफ्नो आगामी फिल्ममा लिन चाहन्थे । यद्यपि राज कपूर भने ‘बोबी’ रिलिज नभएसम्म डिम्पललाई कुनै फिल्ममा अभिनय गर्न नदिने कुरामा ढुक्क थिए । यहीकारण राजेश र राजबीच विवाद सुरु भयो ।

राजेश र डिम्पलले एकअर्कासँग डेट सुरु गरिसकेका थिए । दुवै प्रायः सँगै देखिन्थे । त्यसपछि उनीहरुले विवाह गरे । विवाह गरेपछि राजेशले ‘बोबी’को सुटिङमा अवरोध गर्न थाले । राजेश श्रीमति डिम्पल ऋषि कपूरका साथ काम नगरुन भन्ने चाहन्थे । यद्यपि ‘बोबी’ रिलिज भयो र बक्सअफिसमा हिट साबित भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?