म्यानचेस्टर सिटी शिर्षस्थानमा उक्लियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इंग्लिस प्रिमियर लिगको जारी प्रतियोगितामा म्यानचेस्टर सिटी शीर्षस्थान पुग्न सफल भएको छ ।

घरेलु मैदान इतिहाद स्डेडियममा बुधवार राति भएको खेलमा वेस्ट हामलाई ३–० ले पराजित गर्दै सिटी शिर्षस्थानमा उक्लन सफल भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि ४९औँ मिनेटमा नाथन एकेले बेस्ट हामबिरुद्ध गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । र, ७०औँ मिनेटमा एर्लिङ हालान्डले गोल थपे पछि सिटीको अग्रता दोब्बर हुन पुग्यो ।

त्यसपछि खेल सकिनु केही समय अघि अर्थात ८५औँ मिनेटमा फिल फोडेनले गोल गरे पछि सिटीले ३–० को सानदार जित निकाल्न सफल मात्रै भएन, सिटी शिर्षस्थानमा पनि उक्लिन पायो ।

यस जितसँगै सिटीले ३३ खेलबाट ७९ अंक बटुलेको छ भने पराराजित वेष्टह्याम ३४ खेलबाट ३४ अंक जोड्दै १५ औं स्थानमा छ ।

हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमानसमेत बनाएका छन्। उनले ३३ औँ खेलवाट यो कीर्तिमान बनाएका हुन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?