काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
अमेरिकी डलरको भाउ बुधबार १० पैसाले घटेको छ । अघिल्लो दिन अर्थात बुधबार डलर ९ पैसाले बढेको थियो । बिहीबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६२ पैसा र बिक्रीदर १३१ रुपैयाँ २२ पैसा कायम गरिएको छ । यसअघि बुधबार यसको खरिदमूल्य १३० रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ३२ पैसामा कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोपियन युरो ७० पैसाले बढेको छ । बुधबार भने ४१ पैसाले युरोको भाउ घटेको थियो । बिहीबार युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। बुधबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ६ पैसा कायम गरिएको थियो।
बिहीबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ १० पैसा तोकिएको छ।
त्यसैगरी, बिहीबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९६ रुपैयाँ २९ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।
यता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।
उता, कुवेती दिनार एकको खरिदमा बिहीबार ४२६ रुपैयाँ ४२ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३८ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३४८ रुपैयाँ २ पैसा तोकिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच