भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु 

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । मोरङको लेटाङ नगरपालिका-७, भिरिङखामा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा भ्यानका चालक मोरङ पथरीशनिश्चरेका ३० वर्षीय मनोज दियाली र यात्री लेटाङ-३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका उनीहरुको  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोही दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ-६ का ५५ वर्षीय रुद्र लम्सालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ ।

१-०२-००१ ज ३९५३ नम्बरको पिकअप भ्यान सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?