धादिङ । धादिङको गजुरी गाउँपालिकाले नि:शुल्क शववाहन सेवा सुरु गरेको छ ।
पृथ्वीराजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना लगायत अन्य प्रकारका घटनालाई लक्षित गरी गाउँपालिकाले निशुल्क शववाहन सेवा सुरु गरेको हो ।
सवारी दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिको शव पोस्टमार्टम तथा अन्तिम संस्कारका लागि लैजान गाउँपालिकाले शववाहन सेवा सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी जानकारी दिनुभयो ।
गजुरी गाउँपालिका वासीका लागि निःशुल्क शववाहन सेवा प्रवाह गरिने गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो । तर, गजुरी गाउँपालिकाभन्दा बाहिरका छन् भने प्रचलित जिल्ला दररेट अनुसार शुल्क लाग्नेछ उहाँले बताउनु भयाे । उहाँका अनुसार पालिकाले डेढ वर्षअघि किनेको बा.२ झ ४३३३ नम्बरको एम्बुलेन्सलाई नै अहिले शववाहनको रूपमा प्रयोग गरिएको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका