संयुक्त राष्ट्रसंघ महासचिवद्वारा सुडानका युद्धरत पक्षलाई शान्ति, मेलमिलापका निम्ति आग्रह

Read Time = 3 mins

नैरोबी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार सुडानका युद्धरत पक्षहरूलाई शान्ति र मेलमिलापको बाटो अपनाउन आहृवान गर्नुभएको छ । बढ्दो मानवीय संकटबाट बच्न शान्ति र मेलमिलापको बाटो अपनाउन उहाँले सम्बन्धित सबै पक्षलाई विशेष आहृवान गर्नुभएको हो ।

केन्याको राजधानी नैरोबीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुटेरेसले अप्रिलको मध्यमा सुडानमा शुरु भएको द्वन्द्व गम्भीर चिन्ताको विषय रहेको बताउँदै लडाकूहरूबीच हतियार बिसाउँनु जरुरी रहेको बताउनु भएको छ ।

‘ठूलो जनधनको क्षति हुनु अघि यो लडाइँ रोक्नु आवश्यक छ र यो द्वन्द्व एक सर्वव्यापी युद्धमा विस्फोट हुनसक्छ’, गुटरेसले भन्नुभयो । ‘सबै पक्षहरूले सुडानी जनताको हितलाई प्राथमिकतामा राख्नुपर्छ- जसको अर्थ शान्ति, समृद्धि र स्वदेश फर्किने हो’, उहाँको टिप्पणी थियो ।
महासचिव गुटेरेसले पूर्वी अफ्रिकी राष्ट्रको आफ्नो आधिकारिक भ्रमणका क्रममा केन्याका अधिकारीहरूसँग सुडानको अवस्थाबारे छलफल गर्ने अपेक्षा गरिएको छ । साथै यस वर्षको संयुक्त राष्ट्रसंघ प्रणाली प्रमुख कार्यकारी बोर्ड समन्वयको पहिलो सत्रको अध्यक्षता गर्ने पनि अपेक्षा गरिएको छ ।

सो बोर्ड जुन प्रत्येक वर्ष दुई पटक बैठक बस्नेगर्छ । त्यसले संयुक्त राष्ट्रसंघ एजेन्सीहरू, कोष र कार्यक्रमहरूका नेताहरूलाई एकसाथ भेला पारेर संयुक्त राष्ट्रसंघ प्रणालीको उच्च समन्वय मञ्चको रूपमा प्रस्तुत हुन्छ ।

खाना, सफा पिउने पानी र अत्यावश्यक औषधिको पहुँचको अभावमा सुडानको संकटले नागरिकहरूलाई मारमा पारेको स्वीकार भन्दै महासचिवले सुडानी सशस्त्र बल (एसएएफ) का प्रमुख अब्देल फताह अल-बुर्हान लगायत सबैलाई शान्तिका लागि आग्रह गर्नुभएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?