बेसाहाराको साहारामा राजन

Read Time = 4 mins

काठमाडौं । हाम्रो समाज विविधताले भरिएको छ । यही विविधतामा अनेक व्यक्ति व्यक्तित्वहरू रहेका छन् । केही व्यक्ति आफैंलाई मात्र बाच्ने गर्छन भने केही व्यक्ति समाजका लागि केही गरौ भनेर लागिपरिरहेका हुन्छन् । यस्तै सामाजिक व्यक्तित्वको छवि बनाउनु भएका व्यक्तित्व हुनुहुन्छ राजन थापा । उहाँ बिगत लामो समयदेखि बेसाहाराको साहरा बन्दै आउनुभएको छ । ‘समाजमा रहेपछि समाजप्रति हरेक मानिसको कत्वर्य हुन्छ मैले पनि त्यही आफ्नो कतव्र्य पूरा गरेको हु’, भन्नुहुने राजनले धेरैको चहराइरहेको घाउमा मलम लागउनु भएको छ । गरिब बिरामीको सेवामा आफूलाई समर्पित गर्दै आउनुभएका राजनले विभिन्न अस्पतालमा गएर बिरामीको उपचारमा सहयोग गर्दै आउनुभएको छ ।

विगतमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका समयमा यसलाई रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारणले समस्यामा परेका जनतालाई थोरै भए पनि राहत पुगोस भन्ने उद्देश्यले राजनको समूहले एउटा अभियान नै सञ्चालन गरेको थियो । उहाँको समूहले त्यस समय धेरै आहत मनहरूलाई राहत प्रदान गरेको थियो । विशेषत शारीरिक अपांगता भएका, सुत्केरी, एकल महिला साथै सरकारबाट राहत वितरण गर्दा छुटेका र जो नागरिकता नभएर राहत नपाई भोकै बस्नुपर्ने अवस्था थिए तिनीहरूका लागि उहाँको समूहले राहत वितरण गरेको थियो ।

‘समाज सेवामा लागिरहेका हरेक व्यक्तिहरूले साँच्चै समाज सेवा गरिरहेका छन् कि छैनन् ? उनीहरूको सामाजिक चरित्र छ कि छैन ? समाजमा मिलेर र समाजलाई अघि बढाउने दिशामा उनीहरूको सकारात्मक सोच हो कि होइन ? र, उनीहरूको देखाउने दाँत एउटा र चपाउने दाँत अर्को छ कि छैन ?’ भन्ने कुरा महत्वपूर्ण हुने बताउनुहुने राजन समाजसेवाका नाममा व्यावसायिक उद्देश्य पूरा गर्ने हेतुले गठित विभिन्न संस्थाकै कारण समाजसेवा जस्तो पवित्र कार्य पनि बदनाम हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ ।

निःस्वार्थ भावले समाजसेवामा लाग्ने कमै हुन्छन् । असल समाजसेवीहरू असाधारण भावना भएका खुला दिलका मानव हुन् । यस्तै, एक व्यक्ति राजन निरन्तर समाजसेवामा खटिरहनुभएको छ । उहाँले यो क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय छ । यस क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न संघसंस्थाले उहाँलाई पुरस्कृत र सम्मानसमेत गर्ने गरेका छन् । आफूले कुनै उद्देश्यले भन्दा पनि निस्वार्थ भावले निरन्तर समाज सेवामा जुटिरहेको बताउनुहुने राजनका कार्य साच्चिकै समाजका लागि उदाहरीणय छन् । साँचा समाजसेवीहरू प्रचारका भोका हुँदैनन् । यस्तै आफूले गरेका कार्यलाई हल्ला गर्नुभन्दा पनि निरन्तर दिनदुखीहरूको सेवामा आफूले सक्दो सहयोग र विभिन्न माध्यमबाट सहयोग जुटाउन लागि पर्नुभएका राजन भन्नुहुन्छ, ‘पैसा भएकाहरूले मात्र समाजसेवा गर्छन् भन्नु भ्रम मात्र हो । मानव हितका लागि आफूले गर्न सकिने काम गर्ने हो । समाजसेवा भनेको आफूले जे गर्न सकिन्छ, त्यही आफ्नो ठाउँबाट इमानदार भएर गर्ने हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?