रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ : नेपाल

‘लडाकुलाई राहत दिने प्रधानमन्त्रीको निर्णय कार्यान्वयन हुँदैन’

भाेजराज रोस्यारा कैलाली, संवाददाता

फाइल तस्बिर

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताउनुभएको छ । बिहीबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपालाई सरकारमा ल्याउँदा के हुन्छ ? भनेर आफूसँग राय लिएको र रास्वपालाई ल्याउँदा राम्रो हुने आफूले सुझाव दिएको बताउनुभयो । ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो, अब गठबन्धनमा छलफल गरी यसबारे टुंगो लगाइनेछ’, उहाँले भन्नुभयो । रवि लामिछाने गृह मन्त्रालयकै जिम्मेवारीमा फर्के पनि नागरिकता र राहदानीको दुरुपयोग विषयमा प्रभाव पार्न नमिल्ने उहाँको तर्क छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले पूर्वलडाकुलाई राहत दिने भनी गरेको निर्णय कार्यान्वयन नहुने दाबी पनि गर्नुभएको छ । उहाँले सरकरी ढुकुटी संकटमा रहेका बेला प्रधानमन्त्रीले यस्तो निर्णय गर्नु नै गलत भएको भन्दै अध्यक्ष नेपालले यस्तो गलत निर्णय सच्याउनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले सत्ता गठबन्धनमा पनि अयोग्य लडाकुलाई राहत दिने कुरा नउठेको बताउनुभयो । आर्थिक संकटले कर्मचारीलाई समेत तलब दिन मुस्किल परेको अवस्थामा सत्ता गठबन्धनले पैसा दिनुपर्ने विषय सहमति जनाउन नसक्ने उहाँको भनाइ छ । पूर्वलडाकुलाई रोजगारीका लागि ऋण दिन भने सकिने उहाँको तर्क छ ।

नेपालले माओवादीका पूर्वअयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन उपयुक्त हुने र यसमा सबैको सल्लाहअनुसार जान सकिने बताउनुभयो । लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णय शतप्रतिशत गलत हुने भन्दै उहाँले रोजगारी प्राप्त हुनेगरी ऋण दिने व्यवस्था गरिनुपर्ने बताउनुभयो । राहतका नाममा रकम बाँड्ने कुरा सम्भव नहुने नेपालको भनाइ छ ।

मुलुक आर्थिक संकटले गुज्रिरहेका बेला सरकारले अयोग्य लडाकुलाई पैसा दिने गरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने उहाँको तर्क छ । यसबारे आफूले प्रधानमन्त्रीसँग कुरा गर्दा नयाँ नभएर पहिलेकै निर्णय कार्यान्वयन गरेको जवाफ आएको पनि उहाँले बताउनुभयो । अध्यक्ष नेपालले मुलुकले पछिल्लो समय व्यहोरिरहेको आर्थिक संकटबारे गठबन्धनमा आबद्ध दलहरू गम्भीर भएकोसमेत दाबी गर्नुभयो ।

‘अर्थतन्त्रको अवस्था कसरी सुधार गर्ने भन्नेबारेमा हाम्राबीचमा गम्भीर रूपमा छलफल भइराखेकै छन्,’ नेपालले भन्नुभयो, ‘नयाँ ढंगले सोच्नुपर्ने भएको छ । कम खर्च कसरी गर्ने, अनावश्यक खर्च नियन्त्रण गर्ने, अनावश्यक परियोजना सबै रोक्नुपर्छ । पैसा बाँड्ने होइन उत्पादनमुखी क्षेत्रमा लगाउनुपर्छ ।’

अर्काे एक प्रसंगमा नेपालले पुराना राजनीतिक दल सच्चिनुपर्ने बताउनुभयो । नयाँ दलले पनि फुरुंग भइहाल्न नहुने बताउनुभयो । ‘हामी पुराना दलहरू सच्चिनुपर्छ । नयाँ पनि फुरुंग हुनुहुँदैन,’ नेपालले भन्नुभयो, ‘विगतमा भएका कमी कमजोरी सच्याएर अगाडि बढ्नुपर्छ ।’ गठबन्धन दलमा कुनै समस्या नरहेको पनि नेता नेपालको भनाइ छ । उहाँले भन्नुभयो, ‘गठबन्धनमा आपतै आइलाग्यो भनेर मैले भनेको छैन, सानातिना समस्या छन् । छलफल गरेर समाधान हुन्छ र गठबन्धन अगाडि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?