हेलिकप्टर दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि सेनाको  हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

दुर्घटनामा ५ जना घाइते भएका थिए । बाँकी दुई जनालाई भने सामान्य चोटपटक लागेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन् ।

हेलिकप्ट माथिल्लो अणको समान ढुवानी गर्ने क्रममा आज दिउँसो १ बजे दुर्घटना भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?