विराटनगर । विराटनगरमा खुला कराते प्रतियोगिता सुरु भएको छ । विराटनगरस्थित कभड हलमा शुक्रबारदेखि खुला कराते प्रतियोगिता सुरु भएको हो । शनिबारसम्म संचालन हुने प्रतियोगितामा नेपालका, भारत र भुटनाका खेलाडीहरुको सहभागित छ । भारतका तीन, भुटानको एक र नेपालको पाँच गरी नौ टिमको सहभागिता छ ।
भारतका कोलकत्ता, दार्जिलिङ र खर्साङको सहभागी रहेको विराट कराते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी दिनुभयो । प्रतियोगितामा कोशी प्रदेशबाट सुनसरी, मोरङ, झापा, तेह्रथुम र आयोजक हुनेछ । यस्तै मधेस प्रदेशको सप्तरीको टिमको सहभागी छ ।
पाँच लाख ४५ हजार खर्च हुने उक्त प्रतियोगितामा करिब २ सय बढी खेलाडीहरुको सहभागी रहेको छ । प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदक प्रतिस्पर्धमा १९ तौल समूहमा खेलहरु भइरहेको छ ।
उक्त प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्ले गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकामा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले खेलकुद क्षेत्रमा प्रयाप्तमात्रमा बजेट विनायोजन गुर्नपर्ने बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका