पोको एक्स ५ दराजमार्फत् बुकिङ खुला

Read Time = 2 mins

काठमाडौं । दराजबाट स्मार्टफोन पोको एक्स ५ खरिद गर्न पाइने भएको छ । वैशाख २८ देखि नेपाली बजारमा उपलब्ध हुने फोन विशेषरूपमा दराजमा लन्च हुने भएको हो । फोन वैशाख २२ देखि वैशाख २७ सम्म दराजमा प्रि-बुकिङका लागि खुला रहेको छ । कम्पनीका अनुसार मिड-रेन्ज एक्स सिरिजमा पाँच हजार एमएएच ब्याट्री, ६७ डब्लु फास्ट चार्जिङ र नवीनतम प्रविधि समावेश गरिएको छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले भन्नुभयो, ‘हामीले गर्ने सबै कुरा उपभोक्तामा केन्द्रित रहेको छ । हाम्रो यही मूल दर्शन झल्काउने पोको एक्स ५ प्रो ५ जी स्मार्टफोन उद्योगमा एक वास्तविक गेम चेन्जर बन्न सक्छ ।’ फ्ल्यागसीपस्तरको एक सय आठ एमपी सेन्सरले प्रोफेसनलस्तरको फोटोग्राफी प्रदान गर्दै अल्ट्रा-हाई रिजोल्युसनमात्र नभई अँध्यारोमा समेत राम्रो फोटो लिन सक्ने कम्पनीको दाबी छ ।

फोटोग्राफीका लागि सेटअप ४१ प्रतिशत, फोटोग्राफ ६९ प्रतिशत र नाइट मोड ३८ प्रतिशत समावेश छ भने इमेज सिग्नल प्रोसेसर प्रतिसेकेण्ड दुई गिगा पिक्सेल र १२ टप्स फोरको उत्कृष्ट एआइ पर्फमेन्सले फोटो लिन अझै छिटो र छरितो बनाउने कम्पनीको दाबी छ । छ प्लस एक सय २८ जिबी र आठ प्लस दुई सय ५६ जिबी स्टोरेजमा उपलब्ध फोनको मूल्य क्रमशः ३९ हजार नौ सय ९९ र ४२ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?