जीवनको महत्ता

Read Time = 13 mins

पूर्वका चिन्तक तथा मनिषीहरूले चार युुग मानेका छन् । यी चार युुगले संसारको अवस्था र व्यवस्थालाई महत्ताका साथ हेरेका छन् । यी युुग तत्कालीन कल्पनामात्र होइनन् सत्य र यर्थार्थका स्वरूप पनि हु्न । ती कल्पनाका आधार हुुन्थे भने पुराणका वर्णनमा राजनीति र तिनले प्रवाह गर्ने सन्देशमात्र हुने गर्दथे । त्यसो पक्कै पनि होइन । मानिस र जविनको महत्तालाई दर्शाएर जीवन्त बनाउने भावलाई बाहिर ल्याउन आवश्यक मानिएको हुन्छ प्राच्य शास्त्रले दिएका सन्देशमा । राज्य व्यवस्थाका सम्पूर्ण आधारहरू जीवनका नजिक रहेका हुन्छन् ।

यसको महत्तालाई स्वीकार गर्ने भावनालाई जो कसैले पनि जीवनका आधारहरूको खोजी गरेको हुुन्छ । मानिसका हरेक कर्म र उसले समाजमा निभाउने भावनालाई उसले पु्रा गरेको हुनुु अनिवार्य मानिएको हुन्छ । त्यसैले मानिस र सामाजिक व्यवस्थालाई समाजका लागि एक अर्काको पूूरक मानिएको हुन्छ । शासनमा जीवनका भावनालाई सदा जीवन्त राख्नुु मानिसको सबैभन्दा महत्वपूूर्ण आधार मानिएको हुन्छ । यही कारणले शासनमा मानिस सदा परिवर्तनीय बनेर बसेको मानिन्छ । मानिसका सबै कर्महरू र त्यसले निर्वाह गर्ने भावनाको अवस्थालाई हेर्ने हो भने उसका सबै क्रिया र प्रतिक्रियाहरू समाजको विकासका लागि अनिवार्य मानिएका हुन्छन् । यी युुगमा देखिने हरेक क्रिया र त्यो युुगका भावनालाई जीवन्त बनाउन मानिसले खेलेको भूमिकाका आधारमा शासकीय व्यवस्थामा उसको हैसियत देखिने गरेको हुन्छ । युुग अनुुसार मानिसमा आएको परिवर्तनका आधारमासमयचक्रले उसलाई गति दिएको हुन्छ ।

पहिलेको युुगमा सबै मानिस धर्मका माध्यमबाट पालित हुने गरेका थिए । क्रमशः मानिसमा मोह सिर्जना भयो । त्यही मोहका कारण उसमा देखिने कष्टले नै उसलाई संसारको सञ्जालमा समाहित गरेको हो । मानिस आफैंमा जीवनका हरेक क्रियालाई नजिकबाट नियालिरहने प्राणी हो ।

सामाजिक मान, मर्यादा र त्यो मर्यादामा देखिने आधारले मानिस कर्मप्रति सचेत बनेर आएको हुन्छ । शासनमा आउने परिवर्तन र युगले देखाएको मार्गलाई बाहिर ल्याउन प्रयासमा रहने तथा आफ्ना कर्मप्रति सचेत रहने प्राणीलाई मानिस भनिएको हो । कर्मप्रतिको वितृष्णा भयो भने त्यो मानिस होइन प्राणीमात्र हो । प्राणीबाट मानिस हुनुुमा उसको कर्म नै सबैभन्दा महत्त्वको अवस्था हो शास्त्रका अनुुसार ।

मोहमा मानिस :
मानिस संसारको सबैभन्दा उच्च र आफूलाई जीवन्तरूपमा गतिशील तुुल्याउने प्रवाहशील प्राणी हो । उसका हरेक कर्मले उसलाई मात्र होइन भावी पुुस्ता र उत्तरवत्र्ती समाजलाई समेत प्रभावमा पारेको हुन्छ । यसैले मानिसको भावना र त्यसले निर्वाह गर्ने तर्कका आधारमा हामीले जीवनका हरेक तथ्यसित नजिकिनुु अनिवार्य मानिएको हुन्छ । पहिलेको अवस्थाको शासन व्यवस्थाको तर्कलाई लिएर भीष्म युुधिष्ठिरलाई भन्छन् पाल्यामानास्तथान्योन्यं नरा धर्मेण भारत
खेदं परमुुपाजग्मुुस्ततस्तान् मोह आविशत् ।।
पहिलेको युुगमा सबै मानिस धर्मका माध्यमबाट पालित हुने गरेका थिए । क्रमशः मानिसमा मोह सिर्जना भयो । त्यही मोहका कारण उसमा देखिने कष्टले नै उसलाई संसारको सञ्जालमा समाहित गरेको हो । मानिस आफैँमा जीवन बाँच्नुुलाई र जीवनका हरेक क्रियालाई नजिकबाट नियालिरहने प्राणी हो । उसले गर्ने कर्मका आधारमा भावी मार्ग नै उसका क्रियात्मकरूपमा आउने गरेका हुन्थे । त्यसैले मोह मानिसका लागि अन्धकार र जीवनमार्गको व्यवधान हो भन्ने कुरालाई प्रमाणित गरिएको देखिन्छ ।

ज्ञानले मानिसलाई मानिस बनाएको हो । यदि संसारमा ज्ञानको अभाव भएको भए सबै प्राणीलाई एउटै तराजुुमा राखेर तौलनुु शिवाय केही उपाय थिएन । तर, त्यसो हुन सकेन । मानिसलाई ईश्वरले ज्ञानी प्राणीका रूपमा स्थापित गरे । ईश्वरीय उपासना र प्रार्थनाका आधारमा मानिस अन्य प्राणीभन्दा भिन्न बनेर आयो । त्यो भिन्नता उसलाई जीवनमार्गमा सजिलोसित गतिशील बनाउन सक्ने आधार पनि हो । मानिसका सबै कर्म र उसले निर्वाह गर्ने चिन्तन, ज्ञान, विवेकलाई मोहले नै समाप्त पारेको तर्क भीष्मले राखेका छन् ।
ते मोहवशमापन्ना मनुजा मनुुजर्षभ
प्रतिपत्तिविमोहाच्च धर्मस्तेषामनीनशत् ।।
मानिस जब मोहका वशमा भयो उसमा कर्तव्य र अकर्तव्यको बोध हुुन सकेन । उसमा विद्यमान रहेको मोहले ऊभित्रको धर्म नाश भयो जसका कारण ऊ अधर्मी बनेर रहेको तथ्यलाई स्वीकार गर्नुपर्ने देखियो । मोहले मानिसको जीवनमार्गमा देखिएका भावनालाई जसरी गतिशील तुल्याए त्यसबाट देखिने समाजको परिवर्तनमा मोह नै कारण बनेर आएको पाईन्छ । मानिसलाई कष्टको अनुुभव, दुुःखको प्रताडना र त्यसले निम्त्याएको असल परिस्थितिले मोहमा समाहित गरेको पाइन्छ । मोहले उसलाई जीवनका हरेक मार्गमा असफल बनाएको पाईन्छ । मानिसको जीवनलाई मोह, लोभ र क्रोधले वशीभूत तुुल्याएको छ । त्यसमा परेर मानिस दिनानुुदिन कमजोर बनेको तथ्यलाई भीष्म भन्छन् :
अप्राप्तस्याभिमर्शं तुु कुुर्वन्तो मनुजास्ततः ।।
अधर्म, मोहका वसमा परेको मानिस संसारमा आफूलाई चाहिने वस्तुु प्राप्तिका लागि सक्रिय बनेर रहेको हुन्छ । मानिसकुनै वस्तुु प्राप्तिका लागि सदा लागि परेको हुन्छ त्यो वस्तुु उसलाई प्राप्त हुुन वा नहुुन पनि सक्छ । उसले न चाहेको वा न खोजेको वस्तुु उसलाई सहजरूपमा प्राप्त भएको हुन्छ । मानिसका सबै क्रिया र उसले निभाउने भूूमिकामा कर्मलाई प्रमुुख मानेर जीवनका हरेक भावनालाई जीवन्त बनाएको देखिन्छ । मोह, लोभ, लालच, देखासिकी आदि मानिस पतनका कारण हुुन सक्ने सम्भावना जीवन्त बनेको पाइन्छ ।

आजको मानिस :
संसार विकसित छ । संसारले सबै क्षेत्रमा विकास गरेको छ । मानिसले गरेको विकासका कारण आज ऊ सबल छ । मानिसले गरको कर्मका कारण आजको विश्व एउटै बनेको छ । सबै कुरालाई उसले सहजरुपमापाउने अभिलाषा राखेको हुन्छ । उसका मानोकाङ्क्षा पूरा हुन सक्दैनन् । सपनाका महल सारै ठूला हुने गर्दछन् आजको मानिसका । आजको मानिस सबै कुरालाई सीमित घेराभित्र राखेर हेर्न पनि चाहेको छैन । सबै कुरा उसका सपनामात्र होइनन । ती सपनालाई विपनामा बदल्नुु उसको जीवनको सबैभन्दा महत्वको विषय बनेको देखिन्छ ।

सपना मानिसजको जीवन जिउने आधार हो । विपनामा पूरा गर्न नसकेका कतिपय कुरा मानिसले सपनाका माध्यमबाट पूूर्ण गर्ने गरेको हुन्छ । त्यसैले सपना मानिसका लागि जीवनको आधार हो । आजको मानिस त्यो अवस्थाको छैन ।

सपना मानिसजको जीवन जिउने आधार हो । विपनामा पूरा गर्न नसकेका कतिपय कुरा मानिसले सपनाका माध्यमबाट पूूर्ण गर्ने गरेको हुन्छ । त्यसैले सपना मानिसका लागि जीवनको आधार हो । आजको मानिस त्यो अवस्थाको छैन । उसले सबै कुरालाई सपनाबाट होइन विपनाका माध्यमबाट सम्पन्न गर्ने भावना राखेको हुन्छ । उसका मनोकाङ्क्षा चानचुुने छैनन् । सबै मनका कुरा पूर्ण हुने अवस्था नभएमा उसले गलत बाटो पनि रोज्ने गरेको देखिन्छ । मानिसमा आउने यो अवस्थाका जानकार कोही नहुन सक्छ । आफ्ना मनका सपना पूूरा हुन नसकेमा, ऋण लागेर दामासाही बनेमा, परिवारबाट अपहेलित भएमा, समाजबाट बहिष्कृत भएका खण्डमा, जीवनमा आफूले सामाजिकरूपमा अगतिलो कर्म गरेका खण्डमा आत्महत्याको बाटो रोजेको देखिन्छ ।

आत्महत्या रोज्ने मानिस उमेरगतरूपमा कुनै पनि उमेरको रहन सक्ने अवस्था देखिएको छ । उमेर आत्महत्या रोज्ने मानिसका लागि बन्देज बनेको देखिएन । ईश्वरले हामीलाई दिएका ज्ञानेन्द्रिय र कर्मेन्द्रिय कर्म गर र बाँच भनको हो । कर्मका माध्यमबाट जीवनलाई सहज तरिकाले निर्वाह गर भनेको हो । तर आजको अवस्थामा दिनप्रतिदिन आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको छ । यो किन हो भन्ने प्रश्न सबैका लागि अनुुत्तरित नै छ । जुनसुुकै उमेरको व्यक्ति आज आत्महत्याको बाटो समाउन बाध्य भएको छ । यो राष्ट्रका लागि सहीमार्ग होइन । मानिसले लिने निर्णय र उसका कर्मले लिने बाटोमा उसको परिवार जीवनभर उत्तरको खोजमा रहेको हुन्छ । प्रताडित, समाजबाट प्रायः बहिष्कृत परिवार सुखले जीवन बाँच्न नसक्ने अवस्थालाई जीवनभर स्वीकार गरिरहेको हुन्छ ।

त्यसैले मानिस कर्मको पुुञ्ज हो । कर्मको पर्याय हो । कर्मप्रति सदा विश्वास राख्ने प्राणी हो । आफूले गरेका कमजोरीलाई सच्चाएर जीवनलाई गति दिनुु उसको कर्तव्य पनि हो । तर मानिस कर्मबाट भागेर आत्महत्याको बाटो लिनुु जीवनप्रतिको अविश्वास, आफूले गरेका कर्मप्रतिको अनास्था पक्कै पनि हो । आजको मानिस मोहका वशमा परेर आफूले गर्ने कर्ममाथि विश्वास नगर्ने र कर्मलाई कमजोर ठान्नु उसको नियति नै बनेको पाइन्छ । कर्मप्रति आस्था, जीवनप्रति विश्वास, संस्कारप्रति श्रद्धा, मान्यजनमा सम्मान आफन्तप्रति सद्भाव लिएर बाँच्नुु अनिवार्य मानिएको छ । यी सबै कुरालाई मनन् गरेर जीवनलाई सञ्चालनमा ल्याउने हो भने जीवन जीवन हो अन्यथा जीवन बोझ हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?