धादिङको डम्पिङ साइडमा लागेको आगो अझै नियन्त्रणमा आएन

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित च्याढुघुम्तीको डम्पिङ साइडमाकरिब दुईसातादेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । नीलकण्ठ नगरपालिका धादिङको दमकलमा पानी बोकेर आगो निभाउने प्रयास गर्दा पनि समयमा प्रयास नगर्दा अहिले आगो नियन्त्रणमा आउन सकेको छैन् ।

सदरमुकाम धादिङबेसीबाट निस्किेको बर्षोंदेखिको फोहोरको डंगुरमा सल्किएको आयो निभाउन दमकलबाट पानी हालेपनि भित्रैसम्म पानी पुर्‍याउन कठिन भैरहेको छ । ‘प्लाष्टिक र सिसाका टुक्राहरु, कुहिने र नकुहिने सबै एकै ठाउँमा डम्प गरिएको फोहोरको थुप्रोमा माथीबाट हालेको पानीले केही गर्न सकेको छैन् । मोटरको सहायताले खोलाको पानी तानेर फोहोरको थुप्रोमा लगाउने र आगो निभाउने प्रयास समेत असफल भएको छ ।

धुवाँका कारण आसपासका झण्डै एक दर्जन भन्दा बढी वस्ती दुर्गन्धित बनेको छ । सदरमुकाम धादिङबेसीबाट निस्किएको फोहोर फाल्ने डम्पिङ साइडमा जम्मा भएको फोहोरमा आगो सल्किएपछि निस्किएको धुवाँले वती नै ढाकेको छ । निलकण्ठ नगरपालिका-८ को ससाह, ज्यामिरेमा निलकण्ठ नगरपालिका-७ सुनौलाबजारको मस्र्याङछाप, डमडाँडा, सिद्दलेक १ को नलाङस्थित कालिदह, नयाँबस्तीमा समेत धुवाँको मुस्लोसहित दुर्गन्ध फैलिएको छ ।

च्याडुखोलाको डम्पिङ साइडमा सदरमुकाम धादिङबेसीबाट निस्किएको फोहोर फाल्ने गरिन्छ । आगो सल्किएकै डम्पिङ साइडमा अहिले पनि दैनिक दुई देखि तीन गाडी फोहोर फालिइरहेको छ । कालो धुँवाको मुस्लोसँगै निस्किएको दुर्गन्ध सदरमुकामकै नजिकका वस्तीसम्म आइपुग्न थालेको छ । दुर्गन्धसहित मानव वस्तीमा फैलिएको पिरो धुँवाले स्थानीयहरु विरामी पर्न थालेका छन् भने आँखा पोल्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, वान्ता हुने जस्ता समस्या देखिन थालेको स्थानीयबासिन्दाहरुको भनाई छ ।

डम्पिङ साइडसँगै जोडिएको धादिङबेसी मलेखु सडकमा सहजै हिड्न नसक्ने ससाह ज्यामिरेका स्थानीय अर्जुन श्रेष्ठले बताउनुभयो । निलकण्ठ नगरपालिकाले दमकलको प्रयोग गरेर आगो निभाएको भनेपनि फोहोरको डंगुरको भित्रसम्म पुगेको आगो अहिले झन बढेकोे छ । नगरपालिकाले डम्पिङ साइड व्यवस्थित गर्न नसक्दा दिनानुदिन समस्या बढ्दै गएको प्रभावित क्षेत्रका स्थानीयले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?