भाइले गरे दिदीको हत्या

हिमालय टाइम्स
Read Time = 1 min

दोलखा । आफ्नै दिदीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

३२ वर्षीया कल्पना भुजेल श्रेष्ठको हत्या आरोपमा मेलुङ गाउँपालिका–१ पोवटी बस्ने २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विगत १ वर्षदेखि माइतमा बस्दै आएकी कल्पनालाई उनकै भाई रामभरतले उतिसको दाउराले टाउकोमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?