चेतन राईको ‘स्टेज’ विमोचन

Read Time = 3 mins

काठमाडौं । गायक तथा संगीतकार चेतन राईको चौथो एकल एल्बम ‘स्टेज’ सार्वजनिक भएको छ । गायक राईको गृह जिल्ला सल्यानमा आयोजित एक विशेष समारोहमा उक्त एल्बम विमोचन गरिएको हो । खलंगामा आयोजित समारोहमा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले गायक राईको उक्त एल्बम विमोचन गर्नुभएको थियो ।

यो एल्बममा आधुनिक शैलीका आधा दर्जन गीतहरू समावेश गरिएको छ । एल्बममा सल्यानको पर्यटनलाई प्रवद्र्धन गर्ने शैलीको गीत पनि समावेश छ भने एउटा राष्ट्रिय गीत पनि समावेश छ । समारोहमा उक्त एल्बममा समावेश सल्यानको पर्यटनलाई टेवा पु¥याउने उद्देश्यले तयार पारिएको गीत ‘कुपिण्डे तालैमा..’ को भिडियो प्रिमियर गरिएको थियो । शारदा नगरपालिका-२ का वडाअध्यक्ष सविन हमालले भिडियो प्रिमियर गर्नुभएको थियो ।

शारदा नगरपालिका तथा त्रिवेणी गाउँपालिकाको सहयोगसमेत रहेको भिडियोमा सल्यानका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूलाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरिएको छ । यो गीतमा गायक राईलाई गायिका रचना रिमालले गायनमा साथ दिनुभएको छ । गीतमा गायक राईकै शब्द तथा गायक राई र सूर्य रुम्वाको संगीत छ भने मनोज थापामगरको यसर्मा संगीत संयोजन छ ।

फराज अर्पणद्वारा निर्देशित उक्त गीतको भिडियोमा नेहा तामाङ, अभिलाषा सिंह, मनिषा बस्नेत, संयम सिंह, नवीन थापा, आभाष भट्टराई, प्रकाश लामिछाने, प्रीतिका सिंहलगायत कलाकारको अभिनय छ । आफ्नो एकल एल्बम तथा म्युजिक भिडियो सार्वजनिक भएपछि गायक राईले सल्यान जिल्लालाई चिनाउने उद्देश्यले स्थानीय तहसँगको सहकार्यमा गीतको भिडियो बनाइएको जानकारी गराउनुभयो ।

गायक राईले यसअघि ‘सेभेन’, ‘साउण्ड’, ‘स्टेप’ शीर्षकका एकल एल्बम सार्वजनिक गरिसक्नु भएको छ । उहाँका ‘एक दुई तीन रमाइलो छ यो दिन’, ‘तिमी धुन वन म गीत गाउँछु’, ‘नाम्चे बजार’, ‘मरेर के लानु छ’लगायत गीत लोकप्रिय छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?