आर्थिक संकट समाधानका लागि निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्छ : अध्यक्ष ढकाल

फाइल तस्बिर

Read Time = 4 mins

पाल्पा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक संकट समाधानका लागि निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

आइतबार पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको १३ औं पाल्पा महोत्सवलाई समापन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र र सरकार मिलेर अहिलेको आर्थिक संकट समाधान गर्नुपर्ने बताउनु भएको हो ।

‘अहिले देश चरम आर्थिक संकटमा गुर्जिएकाले आर्थिक चलयमान गर्न, व्यापार व्यवसाय बढाउन, निजीक्षेत्र र सरकार एक आपसमा मिलेर काम गर्नुपर्दछ’ अध्यक्ष ढकालले भन्नुुभयो । सरकारले लगानीको वातावरण मिलाउनका लागि निजी क्षेत्रसँग मिलेर जानुपर्नेमा उहाँले जोड दिनुभयो । निजी क्षेत्र र सरकारको संयन्त्रबीचको एका अर्काबीचको दोषारोपण गर्ने प्रवृत्ति घटाउँदै लैजानुपर्ने ढकालले बताउनुभयो । ‘हामी आपसमा मिलेर अघि बढ्दा नै मुलुकका लागि फाइदा हुन्छ,’ उहाँले भन्नुभयो । मेला महोत्सवबाट आर्थिक चलायमान हुने, स्थानीय उत्पादनहरु विक्रि वितरणमा टेवा पुग्ने, स्थानीयस्तरका उद्योगहरु फष्टाउदै जाने भएकाले उद्योगी व्यवसायी संघ संस्थाले मात्र यस्ता अभियान सञ्चालन गर्नुपर्ने अध्यक्ष ढकालले बताउनुभयो । अहिले देशमा उद्योग व्यबसायी भन्दा भिन्न प्रकृतिका विभिन्न क्लव संघ संस्थाहरुले पनि महोत्सव गरेर व्यक्तिगत फाईदा लिने काम भईरहेकाले राज्यले यस्ता संस्थाहरुलाई नियन्त्रण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

तानसेनका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफु तयार रहेको समेत अध्यक्ष ढकालले बताउनुुभएको छ । देशका विभिन्न ठाउँका पर्यटकीय क्षेत्रहरुमा ठूलो लगानी गर्दै आउनुभएका उहाँले स्थानीय सरकाले लगानी गर्ने उचित वातावरण सिर्जना गरिदिए तानसेन र आसपास क्षेत्रका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफु तयार रहेको बताउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो ‘तानसेन आसपासका पर्यटकीय गतिविधीमा केन्द्रीत रहेर लगानी गर्न तयार छु,त्यसका लागि आवश्यक स्थानको तानसेन नगरपालिका र यहाँका गाउँपालिकाले व्यवस्थापन मिलाइनुुपर्छ । ’ पाल्पाको पर्यटन विकासमा लगानी गर्ने इच्छा अनुसार तिनाउ गाउँपालिकाको बसन्तपुरमा केवलकार निर्माण गरिरहेको र आगामी दुई हप्ता भित्र सञ्चालनमा आउने समेत अध्यक्ष ढकालले बताउनुभयो ।

बैशाख १४ गते देखी सञ्चालन भएको पाल्पा महोत्सव आइतबारदेखि सकिएको छ । १० दिनसम्म चलेको महोत्सवमा ३ लाख दर्शकहरुले अवलोकन गरे भने ८ करोड बराबरको कारोवार भएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?