आफ्नो कलामार्फत धेरैको मन जित्दै यमबहादुर मगर

Read Time = 6 mins

काठमाडौं । नेपाली कला क्षेत्रले आफ्नो व्यापकता जति फैलाउँदै छ यस क्षेत्रलाई अझ समृद्धतर्फ लैजाने धेरैको पसिना सिञ्चन भएको छ । आजको दिनसम्म आउँदा यो क्षेत्रले धेरैको साथ सहयोग पाएको छ । भनिन्छ, चलचित्र समाजको दर्पण हो जसले समाजलाई जस्ताको तस्तै चित्रण गरेको हुन्छ ।

चलचित्रमा समाज बोलेको हुन्छ, मौलिकता झल्केको हुन्छ, समाजका विकृति, विसंगति, पीडा अनि व्याथासँगै समाधान पनि खोजिएको हुन्छ । त्यसरी नै एउटा कलाकार जसले त्यही समाजको प्रतिनिधत्व गरेको हुन्छ, प्रतिनिधि पात्रको रूपमा । समाजभित्र विविध जातजाति, भाषा, रहनसहन, संस्कृति, भेषभूषा रहेका हुनछन् । कलाकारले समाजका विविध पाटालाई प्रतिनिधित्व गर्न सक्नुपर्छ, गरेको हुन्छ र प्रयासरत हुन्छ ।

कलाकारले कहिल हसाउँछ, कहिले रुवाउँछ, भावुक बनाउँछ अनि हसाइँ र रुवाईसँगै सामाजिक चेतना फैलाउने काम पनि गर्छ । त्यसैले त ऊ कलाकार हो । नाटक, टेलिचलचित्र अनि चलचित्रको पर्दामा कलाकारिताको माध्यमबाट समग्र देश र समाजको यथार्थ चित्रण प्रस्तुत गर्ने प्रयासमा कलाकार लागेका हुन्छन् ।

यस्तैमा एउटा राम्रो कलाकारका रूपमा स्थाति हुने सानैदेखिको चाहनाले यो क्षेत्रमा होमिएर यतिबेला आफ्नै पहिचान बनाउ सफल नाम हो यमबहादुर मगर । उहाँले केही चलचित्र र केही सिरयल, म्युजिक भिडियो, नाटक र रेडियो नाटकमार्फत आफ्नो कला प्रस्तुत गर्नुभएको छ र धेरैको मन मष्तिस्कमा बस्न सफल हुनुभएको छ ।

खोटाङ जिल्ला रावावेसी–३ मा बुबा कणबहादुर मगर र आमा चन्द्रकुमारी मगरको ज्येष्ठ सुपत्रका रूपमा जन्मिनुभएका यमबहादुर यतिबेला काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन प्रस्तुत गरिरहनुभएको छ । निकै संघर्ष र कठिन परिश्रमले आजको दिन चुम्न सफल हुनुभएका उहाँले विगतबाट पाठ सिक्दै अघि बढ्दा नै सफलता हात लाग्ने आफ्नो अनुभव भएको सुनाउनुहुन्छ । ‘खाइस कि’, ‘खहरे घाट’ जस्ता सिरियलमा अभियन गर्नुभएको उहाँ सबै खालको भूमिकामा आफू अभिनय गर्न सक्ने बताउनुहुन्छ । एक दर्जनभन्दा सिरियलमा अभिनय गर्नुभएको उहाँले केही गीतका भिडियोमा पनि अभिनय गर्नुभएको छ । उहाँले एतिहासिक सिनेमा ‘कालारात्री’मा पनि अभिनय गर्नुभएको छ । यो सिनेमा शहीदका विषयमा बनेको चलचित्र हो । यसमा उहाँले प्रधानपञ्चको भूमिकामा अभिनय गर्नुभएको छ ।

थिएटरमा पनि काम गर्नुभएका यमबहादुरले पृथ्वी नरायण शाहको नेपाल एकीकरण आधारमा रहेको चलचित्र ‘किरात राज्य एक इतिहास’मा अभिनय गर्नुभएको छ । यो चलचित्र भने प्रदर्शनमा आएको छैन । यही चलचित्रबाट उहाँले कला यात्रा प्रारम्भ गर्नुभएको हो । त्यसो त रेडियो नाटकहरूमा पनि उहाँले अभिनय गर्नुभएको छ । कान्तिपुर रेडियोबाट आउने ‘प्रमोद’ नामक रेडियो नाटकमा पनि उहाँले अभिनय गर्नुभएको छ । ‘कथा वस्तुले मागेनुसार जस्तो पनि भूमिकामा आफूले अभिनय गर्न सक्छु’ भन्ने उहाँ शारीर ज्यू डालभन्दा क्यारेक्टरभित्र खुसेर अभियन गर्नसक्ने नै राम्रो कलाकार भएको बताउनुहुन्छ ।

आफ्नो कलाकारिताप्रतिको मोह छँदादेखि नै भएको बताउनुहुने यमबहादुर ‘सानोमा हाँस्दा, खेल्दा, बोल्दा जतिबेला पनि कलाकारिता नै व्यक्त हुने गरेको कुरा मेरा अभिभावकहरूले बताएको कुरा आज पनि म सम्झन्छु । मलाई लाग्छ म यस धर्तिमा त्यसैका लागि जन्मिएको हुँ । नत्र भने मेरो अवोध बाल मस्तिष्कले किन अभिनय गरिरहेको थियो त ¤ मलाई अभिनयसम्बन्धी थाहा नहुँदानहुँदै पनि मेरा हाउभाउहरू किन अभिनय गरिरहेका थिए त’ बताउनुहुन्छ ।

कलाकारितासँगै समाजसेवामा पनि त्यतिकै सक्रिय रहनुभएका उहाँ आफ्नो गाउँघरमा हुने विभिन्न सामाजिक क्रियाकलापमा संलग्न हुँदै आउनुभएको छ । आफ्नो कमाईको निश्चित रकम समाजसेवमा आफूले लगाउँदै आएको उहाँको भनाइ छ । विसं २०७० देखि कलाक्षेत्रमा रहनुभएका उहाँले ०७४–०७५ देखि निरन्तर हुनुहुन्छ । ‘राम्रो नराम्रो जेमा पनि हुन्छ, फूलमा पनि काँडामा हुन्छ, काँडामा पनि फूल हुन्छ’ भन्नुहुने यमबहादुर विभिन्न युवा क्लब संघसंस्थामा रहेको सामाजिक कार्य गर्दै पनि आउनुभएको छ । उहाँले यस क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न क्षेत्रबाट सम्मान, पुरस्कार र अवार्ड पनि प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?