‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’

Read Time = 2 mins

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम आयोजना गरेको छ ।

शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सको सहभागिता थियो । कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले यस किसिमका सेल्स मोटिभेसन सेसनले कम्पनीमा आबद्ध बीमा मध्यस्थकर्ताको कार्यक्षमता वृद्धि एवं व्यावसायिक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कम्पनीका नायब महाप्रबन्धक सोनबहादुर मगरले जीवन बीमाको औचित्य र जीवन बीमा मध्यस्थकर्ताका काम, कर्तव्यबारे चर्चा गर्नुभयो ।

सो अवसरमा प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका पाँच–पाँचजना उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरिएको थियो । अन्तर्राष्ट्रिय नेपाली मोटिभेसनल ट्रेनर बिपी रेग्मीको लाइफ इन्स्योरेन्स सेल्स सेसन कार्यक्रम मुख्य आकर्षणका रूपमा रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?