प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिश गरिएको छ ।

संवैधानिक परिषद्को सोमबार बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला धनराज गुरुङले बताउनु भयो ।

संवैधानिक परिषद्को बैठकले सर्वसम्मत रुपमा निर्णय गरेको उहाँको भनाइ छ । लामो समयदेखि संवैधानिक परिषद्को बैठक बस्न नसक्दा प्रधानन्यायाधीशको सिफारिश हुन सकेको थिएन ।

परिषदमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना रहनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?