रुसद्वारा युक्रेनमा ‘सबैभन्दा ठूलो’ ड्रोन आक्रमण

हिमालय टाइम्स
Read Time = 1 min

मस्को । रुसले युक्रेनमा कामिकाजे नामको शक्तिशाली ड्रोन आक्रमण गरेको छ । रसियाले गरेको ड्रोन तथा मिसाइल आक्रमणपछि युक्रेनभर हवाई हमलाको ‘साइरन’ बजेको हो ।

सबैभन्दा ठूलो यो ड्रोन आक्रमणमा पाँचजना घाइते भएको कीभका मेयरले बताएका छन् । ड्रोन र मिसाइल आक्रमणको नयाँ लहर सुरु भएसँगै युक्रेनभर हवाई आक्रमणको साइरनहरु बजेको छ ।

राजधानी कीभमा रातभर ठूलो विस्फोटको आवाज सुनिएको थियो । दक्षिणी ओडेसा क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ ।

रुसले किभमा झण्डै ६० ड्रोन प्रक्षेपण गरेकोमा ३६ वटा ड्रोन ध्वस्त पारेको युक्रेनले बताएको छ । ड्रोनबाट खसेर ५ जना घाइते भएको युक्रेनको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?