जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

विधान अधिवेशन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्न बैठक बोलाइएको हो । पार्टी कार्यालय ललितपुरमा बस्ने बैठक बिहान ११ बजे सुरु हुनेछ ।

जसपाबाट अहिले सरकारमा एकजना मात्र सहभागी छन् । जसपाले आफ्नो भागमा परेको दुई मन्त्रालयमध्ये शिक्षा मन्त्रालयमा अशोक राईलाई पठाएको छ ।

बाँकी रहेको अर्को मन्त्रालयमा कसलाई पठाउनेभन्ने विषयमा उसले टुंगो लगाउन बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?