इमरान खान पक्राउसँगै पाकिस्तानमा भड्कियो हिंसा

हिमालय टाइम्स
Read Time = 3 mins

इस्लामवाद । पूर्व प्रधानमन्त्री इमरान खानको पक्राउ पछि भड्किएको हिंसा कारण बुधबार पाकिस्तानमा नीजि स्कुलहरू सबै बन्द भएका छन् ।

मंगलबार इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठावाट सेनाले उनलाई पक्राउ गरे पछि उनका समर्थकले देशैभरी बिरोधस्वरुप आगजानी तथा उग्र प्रदर्शनमा उत्रेका छन् ।

बुदाँगत रुपमा जान्नुहोस सो घटनाबारेः

-हिंसाका कारण आज देशभरका निजी विद्यालय बन्द रहने छन् ।

- पीटीआईले आफ्ना नेता र कार्यकर्तालाई बिहान ८ बजे इस्लामावाद न्यायिक कम्प्लेक्समा भेला हुन आग्रह गरेको छ ।

-पीटीआई नेता फवाद चौधरीले इस्लामावाद हाईकोर्टको फैसलाविरुद्ध पार्टीले सर्वोच्च अदालत जाने बताएका छन् ।

-पञ्जाब प्रान्तमा दुई दिनदेखि धारा १४४ लागू गरिएको छ। पेशावरमा ३० दिनका लागि धारा १४४ लगाइएको छ ।

-पीटीआई नेता कासिम सुरीले क्वेटामा प्रदर्शनका क्रममा पार्टी कार्यकर्ताको मृत्यु भएको दाबी गरेका छन् ।

-इस्लामावाद प्रहरीले ५ अधिकारी घाइते भएको र ४३ प्रदर्शनकारीलाई हिरासतमा लिएको जनाएको छ ।

यसैगरी, मारन अल कादिर ट्रस्ट घोटाला प्रकरणमा उनलाई पक्राउ गरेको सेनाले जनाएको छ । पाकिस्तानको अखबार द डनका अनुसार अल कादिर ट्रस्ट घोटाला ५० अर्ब रुपैयाँभन्दा बढीको घोटला छ, जहाँ इमरान, पत्नी बुशरा बीबी र बुशराकी साथी फराह गोगीले यसको फाइदा उठाएका छन् ।

आइतवारको एक र्‍यालीमा इमरानले खुफिया एजेन्सी आईएसआईको राजनीतिक शाखाका प्रमुख फैसल नसीरमाथि निकै गम्भीर आरोप लगाए । खानले भनेका थिए– फैसल मलाई मार्न चाहन्छ । यसमा कतिपय अधिकारीहरुले उनलाई सहयोग गरिरहेका छन् ।

यसपछि मंगलबार लाहोरबाट इस्लामाबाद प्रस्थान गर्नुअघि इमरानले भने- ‘सेनाले कान खोलेर सुन्नु पर्छ, म डराएको छैन ।’ उनले यसो भनेको करिब ४ घण्टापछि इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सिसा फुटाएर उनलाई पक्राउ गरिएको हो । सेनालाई चुनौती दिएपछि मात्रै खानको गिरफ्तारी भएको मानिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?