खोटाङमा बस र मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालक गम्भीर घाइते

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 1 min

खोटाङ । खोटाङमा यात्रुबहाक बस र मोटरसाईकल ठोक्किएर दुर्घट्ना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

दिक्तेलबाट हुर्लुङतर्फ जाँदै गरेको बा ८३ प २८६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आईरहेको बा ३ ख १८९५ नम्बरको यात्रुबहाक बस मध्यपहाडी लोकमार्गको मुढेबाट केही अगाडीको घुम्तीमा ठोक्किदा मोटरसाइकल चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय राजन राई गम्भीर घाइते भएका छन् ।

घाईते राईको हातखुट्टा, अनुहार र शरीरमा चोट लागेको छ । उनको दिक्तेलस्थित फेमेली केयर अस्पतालमा उपचार संम्भव नभएपछि एम्बुलेन्समाफर्त शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको छ । उनको नाक र मुखबाट रगत बगिरहेको जनाईएको छ ।

बस, बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । बस जन्ती बोकेर आउँदै गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?