नक्कली भूटानी शरणार्थी प्रकरणमा सत्ताको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : सचेतक बर्तौला

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सचेतक बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषिउपर कडा कारबाही गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले सो प्रकरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धमिलो बनाएको बताउनुभयो । उहाँले आरोपी एमाले सचिव टोपबहादुर रायमाझीलाई प्रहरीको सम्पर्कमा आएर अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गर्नुभयो । उहाँले निष्पक्ष छानबिन गर्नुपर्ने र सत्ताको आडमा कसैले उन्मुक्ति पाउनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धमिलो भएको छ । यस्तो दुष्कर्म गर्ने जोसुकैलाई पनि कडाभन्दा कडा कारबाही गरिनुपर्छ । प्रचलित कानून बमोजिम सजायको दायरामा ल्याउनुपर्छ । प्रचलित कानूनले दिएको सजाय सबैले भोग्नुपर्छ । कानूनबिरुद्धको गतिविधि गर्नेहरु कुनैपनि पार्टीको हुँदैनन् । कुनैपनि पार्टीले संरक्षण गर्ने कुरा हुँदै हुँदैन । अपराधीको कुनै जात, धर्म, उसको लिङ्ग, कुनै पार्टी हुँदैन । कानूनले दोषि करार गरे बमोजिम उसलाई कारबाही गर्नुपर्छ । हाम्रो माननीयज्युका विषय रह्यो । हामी उहाँहरुलाई प्रहरीलाई अनुसन्धान प्रक्रियालाई सघाउ पु¥याउनको निम्ति हिजो पार्टीको औपचारिक बैठक बसेर आग्रह गरेका छौँ । उहाँले सहयोग गर्नुपर्छ । सम्पर्कमा आउनुपर्छ । घटनामा जोडिएका जोकोहीले उन्मुक्ति पाउनुहुँदैन । उन्मुक्ति पाउने आशाबाट सत्ताको रापताप पनि जोडिनु हुँदैन । निष्पक्ष ढंगबाट अनुसन्धान गर्नुपर्छ । एमालेको यो माग छ ।’

उहाँले यस प्रकरणपछि यति, वाइडबडी, ओम्नी, ललिता निवास र क्यान्टनमेन्ट घोटाला लगायतको विषयमा पनि छानबिन गर्नुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?