लुम्बिनीमा प्रदेश स्तरिय बर्न अस्पताल सञ्चालन ल्याउनुपर्छ : सांसद गिरी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री एबं लुम्बिनी प्रदेश सांसद निमा गिरीले लुम्बिनी प्रदेश स्तरिय बर्न अस्पताल (आगोले पोलेकाहरुको उपचारका लागि) तत्काल सञ्चालन ल्याउनु पर्ने बताउनु भएको छ।

उहाँले संघीय र प्रदेश सरकारको प्राथमिकता यो प्रदेश स्तरिय बर्न अस्पताल बनाउनु पर्ने बताउनु भयो। आगोमा परेका दुर्गम गाउका ब्यक्तिहरु काठमाडौ पुग्दा नपुग्दै चाडो उपचार सेवा अभावमा मृत्यु बरण गर्नुपरेको कहालिलाग्दो दृश्य निकै कष्टकर रहेको छ। आगोलागीमा परि गम्भीर घाइते हुनुभएका अर्घाखाँची पाल्पा लगायत विभिन्न जिल्लाका ब्यक्तिहरुको सिघ्र स्वास्थ्य लाभको कामना साथै नेपाल सरकारले उक्त परिवारलाई सिघ्राती सिघ्र राहत उपलब्ध गराउन सरकारसंग माग गर्नु भएको छ।

हरेक बर्ष डढेलो लाग्नु भन्दा अगाडिनै बिपत ब्यवस्थापन तथा बन कार्यलयको प्रतिकार्य योजना बनेको जस्तो लाग्छ तर त्यो योजना माइनटमा मात्र सिमित हुन्छ कि नत्र प्रत्यक बर्ष एकै समस्या किन भोगिरहन्छौ हामी? गिरीले भन्नुभयो।अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको उपचारको क्रममा मृत्यु भएको छ।

मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । घाइते माध्ये २ जनाको पाल्पाको मिसन अस्पतालबाट काठमाडौैं ल्याउँदै गर्दा बाटोमा र २ जनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

मृत्यु हुनेमा ७२ वर्षीय पिताम्बर बेल्बासे, ५५ वर्षीय पदम बेल्बासेको गएराति १० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। ५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासेको कीर्तिपुर अस्पतालमा विहान ७ बजे निधन भएको परिवारिक स्रोतले जनाएको छ।अस्मिता बेल्बासे मिसन अस्पतालमा उपचार भइरहको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?