चेन्नाईको शानदार जित, लिगको दोस्रो स्थानमा कायमै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । घरेलु मैदान एमए चितम्बरम स्टेडियममा चेन्नाईले दिल्लीमाथि २७ रनको जित दर्ता गरेको हो ।

चेन्नाईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो । दिल्लीका लागि रिलि रोउसोले ३७ बलमा सर्वाधिक ३५ रन बनाउँदा मनिश पान्डेले २७ रन बनाए ।

अक्षर पटेलले १२ बलमा २१ तथा फिलिप साल्टले ११ बलमा १७ रन बनाए । चेन्नाईका लागि मथिशा पथिरानाले ३ तथा दीपक चहरले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन जोड्यो ।

चेन्नाईका लागि शिभम दुवेले १२ बलमा ३ छक्काको सहयोगमा सर्वाधिक २५ रन बनाए । ओपनर ऋतुराज गायकवाडले १८ बलमा ४ चौकाको सहयोगले २४ रन बनाए ।

अम्बादी राइडुले २३ तथा अजिक्या रहाणे र रविन्द्र जडेजाले समान २१र२१ रन बनाए । कप्तान महेद्रसिंह धोनीले ९ बलमा १ चौका र २ छक्काको सहयोगमा २० रन बनाए ।

दिल्लीका लागि मिचेल मार्शले ३ तथा अक्षर पटेलले २ विकेट लिए ।

यस जितसँगै १२ खेलमा ७ जित र ४ हारसँगै १० टोली सहभागी लिगमा चेन्नाई १५ अंकका साथ दोस्रो स्थानमा कायमै छ ।

दिल्ली भने ११ खेलमा ४ जित र ७ हारका साथ अंक तालिकाको पुछारमा कायमै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?