एकद्वार विज्ञापन नीतिविरूद्द आन आन्दोलनमा

Read Time = 3 mins

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले सरकारविरुद्ध साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत् आन्दोलनका कार्यक्रम घोषणा गर्दै आनका अध्यक्ष सोमप्रसाद धितालले विरोध कार्यक्रम विज्ञापनमा एकद्वार नीतिविरुद्ध, विज्ञापन बोर्डको गलत क्रियाकलापविरुद्ध रहेको बताउनुभयो ।

उहाँले देश आर्थिकरूपमा कमजोर रहेको अवस्थामा देशमा ठूलठूला मुद्दा समाधान गर्नुको सट्टा केही व्यक्ति र स्वार्थ समूह खुसी बनाउने उद्देश्यले ल्याउन लागिएको विज्ञापन नीतिले कसैको पनि हित नहुने जिकिर गर्नुभयो ।

निवर्तमान अध्यक्ष रवीन्द्रकुमार रिजाल (शशी) ले नेपाल खुला बजार अर्थतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा कसैको पनि स्वतन्त्ररूपमा गरिने व्यापार व्यवसायलाई नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकले अंकुश लगाउन नहुने बताउनुभयो ।

आनले शान्तिपूर्ण आन्दोलन कार्यक्रममा सञ्चार जगत्, विज्ञापनदाता र विज्ञापन व्यवसायीलाई ऐक्यबद्धताका लागि आहृवानसमेत गरेको छ । सोही दिन विरोधस्वरूप तिनकुनेबाट निस्केको विरोध ¥यालीले विज्ञापन बोर्डको कार्यालय बबरमहलमा पुगेर बोर्डमा ताला लगाएको थियो ।

एकद्वार प्रणाली खारेज गर्नुपर्र्ने, सञ्चारमाध्यमको दररेट कायम गर्नुपर्ने, विज्ञापनमा पारदर्शिता लागू गर्नुपर्ने, विज्ञापन आचारसंहिता लागू गर्नुपर्ने, बोर्डमा संघको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आनको माग रहेको छ ।

आनले माग सम्बोधन नभएसम्म वोर्ड परिसरमा धर्ना दिने भएको छ । वोर्डमार्फत विज्ञापन वितरण गर्ने एकद्धार नीति, विज्ञापन वितरणमा एजेन्सीको भूमिका नराख्ने, वोर्डमा आनको संस्थागत प्रतिनिधित्व नहुने लगायतका विषयमा वर्तमान सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाइसकेको आनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?