फिनल्याण्डका प्रधानमन्त्री सानाले दिइन् सम्बन्धबिच्छेदको निवेदन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । फिनल्याण्डका प्रधानमन्त्री सान्ना मारिनले सबन्ध बिच्छेदका लागि निवेदन दिएकी छिन् । प्रधानमन्त्री मारिनले श्रीमान् मार्कस राइकोनेनले १९ वर्षको सम्बन्धलाई तोड्न निवेदन दिएको आफनो इन्स्टाग्रामबाट जानकारी दिएकी छन् ।

‘हामीले सँगै सम्बन्धविच्छेदका लागि निवेदन दिएका छौं । हामी १९ वर्ष सँगै र हाम्रो प्यारी छोरीको लागि कृतज्ञ छौं,’ मारिनले इन्स्टाग्राममा लेखेका छन्, ‘हामी अझै पनि मिल्ने साथी हौं, एकअर्कालाई माया गर्ने र माया गर्ने आमाबाबु पनि हौं । हामी परिवारको रूपमा र एकअर्कासँग अबको समय बिताउन चाहान्छौं ।’

उनीहरुका पाँच बर्षका छोरी छन् । सिएनएनका अनुसार उनी संसारकै सबैभन्दा कान्छी प्रधानमन्त्रीको रुपमा गत २०१९ मा निर्वाचित भएका थिए । तर, यसपटक भएको आमनिर्वाचन परिणाम उनको पार्टीको पक्षमा नआए पछि उनी स्वतः सरकारबाट बाहिरिँदै छिन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?