आरजु राणालाई कालो झन्डा देखाउन खोज्ने युवक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

हेटौँडा । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कालो झण्डा देखाउन खोज्ने युवक पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा आरजुलाई कालो झण्डा देखाउन खोज्ने हेटौँडाका कृष्णराज कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

बागमती प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन बिहीबार हेटौँडा आउनु भएकी आरजुलाई कालो झन्डा देखाउन खोजेको आरोपमा कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?