कर्जाको ब्याजदर घट्ने, निक्षेपको नघट्ने

Read Time = 2 mins

काठमाडौं । बैंकहरूले कर्जाको ब्याजदर घटाउने भएका छन् । नेपाल बैंकर्स संघले जेठ महिनामा निक्षेपको ब्याजदर यथावत् राखेर कर्जाको ब्याजदर भने घटाउने निर्णय गरेको हो । बिहीबार बसेको संघको बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर नचलाई कर्जाको ब्याज घटाउने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले बताएका छन् ।

बैंकहरूले वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९, मुद्दती निक्षेपको ब्याजदर ७.९९ तथा बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशत कायम गरेका थिए । गत चैतसम्म ११ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर वैशाखमा १.०१ प्रतिशतले घटाएका थिए । तर, तरलता अभावसँगै बैंकले निक्षेपको ब्याजदर १२.३३ प्रतिशतसम्म पु¥याएका थिए ।

नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै पछिल्लो तीन महिनाको औसत आधारदरका आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने निर्देशन दिएको थियो । बैंकहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा पछिल्लो तीन महिनाको बेसरेटलाई आधार मान्नुपर्ने भएकाले जेठदेखि कर्जाको ब्याजदर घट्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?