गण्डकीमा ४ मन्त्री नियुक्त, मन्त्री बन्ने सूचीबाट मनाङे आउट

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ  । उहाँले शुक्रबार थप ४ मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

नेपाली कांग्रेसबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ मन्त्री बनेका छन् ।

कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा, जित प्रकाश आलेमगर र माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली मन्त्री बन्दा मन्त्रीको चर्चामा रहनुभएका दिपक मनाङे भने मन्त्री बन्नुभएन ।

नियुक्त भएका मन्त्रीको आजै सपथ खुवाउने तयारी गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?